Published On:Saturday, November 22, 2014
Posted by dadad

उचित क्षतिपूर्ति नदिएसम्म आफन्तले शव नबुझ्ने

६ मङ्सिर, खोटाङ। जिप दुर्घटनामा परी ज्यान गुमाउने मृतकका आफन्तले राज्यले उचित क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने बताएका छन् । 

शव बुझ्न आज सदरमुकाम दिक्तेल आएका मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिँदै सो माग गरेका हुन् ।

उनीहरूले उचित क्षतिपूर्ति पाउनुपर्ने, चालकलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने र  शव अन्तिम दाहसंस्कारका लागि घरघर पु¥याइनुपर्ने माग गरेका हुन् । 

घटना भएको दुई दिन बितिसक्दासमेत व्यवसायी र गाडी मालिकले आफूहरूसँग कुनै परामर्श नगरेको उनीहरूले गुनासो गरेका छन्

पीडितको मागप्रति दुवै पक्ष राखेर छलफल गरी समाधानको बाटो खोजिने प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । 

बालाचतर्दशीको अवसरमा हलेसीमा दर्शन गरेर फर्किएका यात्रु बोकेर जयरामतर्फ जाँदै गरेको मे १ ज ७३२ नम्बरको मुस्ताङ जिप बडहरे र दुर्छिमको सिमानामा पर्ने गौरी भीरमा खस्दा पाँच महिला र दुई पुरुषको मृत्यु भएको थियो ।

0 comments for " उचित क्षतिपूर्ति नदिएसम्म आफन्तले शव नबुझ्ने "

Leave a reply

    Popular Posts

    Blog Archive