Published On:Sunday, November 23, 2014
Posted by dadad

सम्भव हुने भयो मानव लिंग प्रत्यारोपण

मुटु, कलेजो तथा मृगौलाजस्ता निकै महत्वपूर्ण आन्तरिक अंग प्रत्यारोपण गर्ने जटिल काममा वैज्ञानिकहरु सफल भएका छन् । 

अब निकट भविष्यमै अंग प्रत्यारोपणको क्षेत्रमा अर्को अहम् उपलब्धी हाँसिल हुने भएको छ । वैज्ञानिकहरुले लिंग प्रत्यारोपणको प्रयोगमा महत्वपूर्ण उपलब्धी हात पारेका छन् ।

सन् १९९९ देखि लिंग प्रत्यारोपणको प्रयोगमा जुटिरहेका अमेरिकी वैज्ञानिक एन्थोनी एटालाले खरायोको लिंग प्रत्यारोपणको प्रयोगमा महत्वपूर्ण सफलता हात पारेको बेलायती पत्रिका द मिररलाई बताएका छन् ।

यद्यपि अहिलेसम्म मानिसमा यो प्रयोग गरिएको छैन । तथापि नर्थ क्यारोलिनाको वेक फोरेस्ट इन्स्टिच्युटका एटाला सहितका वैज्ञानिकहरुले खरायोमा गरेको परीक्षणले अब मानिसमा लिंग प्रत्यारोपण गर्न सकिने सम्भावना समेत टाढा नभएको देखाएको छ ।

 उनीहरुका अनुसार अबको ५ वर्षमा मानिसमा समेत लिंग प्रत्यारोपण गर्न सकिनेछ । यदि मानिसमा लिंग प्रत्यारोपण सफल भयो भने त्यो सफलता रोग, चोटपटक लगायतका कारणले लिंग गुमाएका तथा विकृत भएका पुरुषहरुका लागि वरदान सावित हुनेछ ।

मानिसमा उसकै कोषबाट कृत्रिम लिंग सिर्जना गरी प्रत्यारोपण गर्न सकिने शोधकर्ताको भनाइ छ । शोधकर्ता एटालाले मानिसको अंगको विकाश गर्ने काम साइन्स फिक्सन नभएको र यो अहम आवश्यकताको विषय भएको बताएका छन् ।

सन् २००६ मा डाक्टर एटाला सहितको वैज्ञानिक टोलीले विश्वमै पहिलोपटक जैविक इन्जिनियरिङ प्रविधिबाट विकशित मुत्रथैलीको सफलतापूर्वक प्रत्यारोपण गराएका थिए । त्यस्तै सन् २००५ देखि २००८ सम्म पनि बायोइन्जिनियरिङ मार्फत उत्पादित कृत्रिम योनी समेत महिलामा प्रत्यारोपण गरिएको थियो ।

0 comments for "सम्भव हुने भयो मानव लिंग प्रत्यारोपण"

Leave a reply

    Popular Posts

    Blog Archive