Published On:Thursday, November 20, 2014
Posted by dadad

लगानी बृद्धिका लागि कानूनमा व्यापक सुधारः अर्थमन्त्री महत

४ मंसिर, पोखरा, अर्थमन्त्री डा रामशरण महतले सरकार औद्योगिक लगानी बृद्धि, उर्जा निर्यात र बढी पर्यटक आकर्षित गरी बढ्दो व्यापारघाटा घटाउन क्रियाशील रहेको बताएका छन् । पोखर उद्योग वाणिज्य संघद्वारा आयोजित राष्ट्रिय औद्योगिक तथा व्यापारिक प्रदर्शनीकोे उद्घाटनका क्रममा उनले सो कुरा बताएका हुन् ।

उनले भने–‘करिब ६ खर्बको व्यापारघाटा धान्नका लागि हामीले औद्योगिक लगानी बढाउनुपर्छ । प्रचूर संभावना भएको उर्जाको विकास गर्नैपर्छ । नेपालको भौगोलिक विविधता र प्राकृतिक पर्यावरणको संभावनाबाट लाभ लिनैपर्छ । सो अवसरमा उहाँले नेपालले तीसौ लाख पर्यटक आकर्षित गर्न सक्ने संभावना बोकेको बताउँदै भन्नुभयो, सरकार यी तीनै क्षेत्रको संभावना उजागर गर्न लागिपरेको छ ।’

परम्परागत पर्यटनका अतिरिक्त नेपालमा आधुनिक खेल प्रतियोगिताहरु, स्वास्थ्य सेवा, शिक्षाको विकाससँग गाँसिएको पर्यटकीय संभावनाको पनि उजागर गर्नुपर्नेमा उहाँले जोड दिए । स्वदेशमै आर्थिक गतिविधिहरु बिस्तार गरी रोजगारी सिर्जना, उच्च आर्थिक बृद्धि र जनताको उच्च आम्दानी बृद्धिका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै अर्थमन्त्री डा महतले लगानी बृद्धिका लागि कानूनमा व्यापक सुधार गरिरहेको जानकारी  दिए ।

लगानीको लागि अनुकूल वातावरण तयार गर्न तीन दर्जन कानूनहरुमा सामयिक सुधार भैरहेको र औद्योगिक वातावरण निर्माणका लागि श्रमिकका लागि कल्याणकारी व्यवस्थाका साथै लगानीकर्ताहरुलाई सहज हुने श्रम कानून निर्माण भैरहेको पनि बताए ।

संबिधानलाई पर्खेर विकास निर्माण रोक्न नहुनेमा जोड दिदै भने,– ‘आर्थिक विकासका लागि एक मिनट पनि ढिलाई गरिनु हुँदैन ।’ लगानीकर्ताहरुलाई लगानीको लागि साहसिक निर्णय लिन आग्रह उनले अव कुनै समस्या आउने छैन । आगामी दिनमा लगानीकर्ताहरुका लागि तनावरहित वातावरण तयार हुँदै रहेको बताए । कर प्रशासनलाई लगानीमैत्री बनाउने काम भैरहेको र बर्तमान संरचनामा सुधार गर्ने काम भैरहेको सो अवसरमा उनले बताए ।

0 comments for "लगानी बृद्धिका लागि कानूनमा व्यापक सुधारः अर्थमन्त्री महत"

Leave a reply

    Popular Posts

    Blog Archive