Published On:Monday, November 24, 2014
Posted by dadad
परिवर्तनका एजेण्डालाई संस्थागत गर्ने काम संविधनसभाबाटैः पत्रकारहरु
बाबुराम श्रेष्ठ,
धादिङ । समयमै संविधान निर्माण गर्न दबाब दिने उदेश्यले नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई ज्ञापनपत्र बुझाएको छ ।
धादिङ । समयमै संविधान निर्माण गर्न दबाब दिने उदेश्यले नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई ज्ञापनपत्र बुझाएको छ ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे मार्फत महासंघको धादिङ शाखाले सोमबार सभाध्यक्ष नेवाङलाई ज्ञापनपत्र बुझाएको हो ।
महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुलीको नेतृत्वमा गएको टोलीले विगतका सहमतिलाई संस्थागत गर्दै निर्धारित समयमै संविधान दिलाउन सभाध्यक्षलाई आग्रह गरेको छ ।
२०६२\६३ को ऐतिहासिक जन–आन्दोलनको एउटा प्रमुख पक्ष समेत रहेको नेपाली प्रेस जगत र त्यसको अगुवाई गर्ने नेपाल पत्रकार महासंघ परिवर्तनका एजेण्डालाई संस्थागत गर्ने काम संविधान सभावाट नै भैरहेको अध्यक्ष छत्कुलीले बताए ।
२०७१ माघ ८ गते भित्र जनताहरुले चाहे अनुसारको संविधान दिन दलहरु असफल हुने हो की भन्ने आशंका गर्दै लोकतान्त्रिक आन्दोलन र संघर्षको उपलब्धी स्वरुप प्राप्त भएका लोकतन्त्र, गणतन्त्र, संघियता, समावेशी संविधान निमार्ण तोकिएकै समयमा जारी होस भनीे ज्ञापन बुझाइएको पत्रकारहरुले बताएका छन् ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पत्रकारहरुले उठाएको मागहरुलाई आफुले आफ्नो तहबाट तत्काल सम्बन्धीत निकायमा पु¥याउने प्रतिवद्धता ब्यक्त गरे ।