Published On:Sunday, November 23, 2014
Posted by dadad

म सबैसँग बोल्छु, गर्लफ्रेण्डसँग मात्रै मस्किने काम गर्दिन

बाग्लुङ जिल्ला अमलाचौर गाविसमा जन्मीएर कलाकारीता र सञ्चार क्षेत्र दुवैमा राम्रो नाम कमाउन सफल व्यक्ती हुन् कृष्ण अखेली । सञ्चार क्षेत्रमा लागेर राम्रो प्रभाव बनाउन सफल कृष्ण हिजो आज देशमा हुने मेला महोत्सवका कार्यक्रममा समेत पनि व्यस्त देखिन्छन् ।

पर्वत जिल्ला सदरमुकाममा रहेको रेडियो कुशुममा कार्यक्रम संयोजकको जिम्मेवारी सम्हालिरहेका कृष्ण यस अगाडि पर्वतकै रेडियो पर्वतमा पनि लामो समय काम गरिसकेका छन ।
२०६६ साल देखि रेडियोमा आफ्नो बोली घन्काउन थालेका उनले कलाकारीता भने २०६३ सालबाट शुरु गरेका हुन् ।

आजको दिन सम्म आइपुग्दा उनले दुई दर्जन भन्दा बढि एल्बम्हरुमा आफ्नो कला प्रस्तुत गरिसकेका छन् । कलाकारीता र सञ्चार क्षेत्रमा लाग्न आफ्नो दाजु शिव अखेलीको महत्वपुर्ण हात रहेको बताउने कृष्णमा आफ्नो बोलीबाटै धेरैलाई प्रभाव पार्न सक्ने खुवि रहेको छ ।
गायन, लेखन र सञ्चार क्षेत्रमा सयम व्यवस्थापन राम्रो गरिरहेका अखेलीले आज सम्म एक सय जति कलाकारको अन्तर्वार्ता समेत प्रस्तुत गरिसकेका छन । उनै कृष्ण अखेली सँग नेपालीमाटोकर्मी कृष्ण आचार्यले कुराकानी गरेका छन् ।

कृष्ण जी, सञ्चार क्षेत्रमा लागेर कलाकारीता गर्नेहरु मध्ये तपाई पनि पर्नुहुन्छ । सञ्चार क्षेत्रामा लागेको भएर कलाकारीता गरेको कि, कलाकारीता गर्ने भएर सञ्चार क्षेत्रमा लागेको ?


म सानै देखि कला क्षेत्रमा निकै चासो राख्थें । त्यसैले होला शुरुमा त म कलाकार नै बनेँ, त्यस पछाडी मलाई मेरो दाजु शिव अखेलीले सञ्चार क्षेत्रमा पनि लाग्न प्रेरित गर्नुभयो । अनि मात्र यो क्षेत्रमा आएँ । छोटो समयमानै श्रोताको धेरै माया पाउन सफल भएँ । त्यसैले अहिले सञ्चार र कला दुवै क्षेत्र लाई  संगसंगै अगाडी बढाइरहेको छु ।

सञ्चारकर्मीहरु आज भोलि भटा भट कलाकार बनिरहेका छन । आफ्नो गित एकलौटि रेडियोमा बजाउन पाइन्छ भनेर हो ?

कुरा अलि गंभिर छ, आज भोली न कला क्षेत्र आर्थिक हिसाबले समृद्ध छ, न त सञ्चार नै । फेरी कला र सञ्चार दुवै एक अर्काका परिपुरक जस्तै हुन त्यो अर्थमा सञ्चार क्षेत्रबाट कला क्षेत्रमा र कला क्षेत्रबाट सञ्चारमा आउने जाने क्रम चलेको छ । तर गीत नै बजाउन भनेर चाँही होईन । राम्रो र गुणस्तरीय  गीत संगीत सिर्जना गर्न सके गित वजाउन रेडियो मै काम गर्नु पर्छ भन्ने छैन ।

तपाइलाई आफ्नो गीत रेडियो बाट अत्याधिक बजाउ छ, भन्ने आरोप छ नी कुरो के हो ?
खै कसरी यो प्रश्न आयो मलाई त त्यस्तो लाग्दैन, अव मैले लोक संगीतका कार्यक्रमहरु सञ्चालन गर्ने भएपछि आफ्नो गित नवजाउने कुरा भएन बजायो यस्तै कुरा आउँछ । तर यहाँले भन्या जस्तो चाँही होइन, पालो अनुसार नै बज्ने गरेको छ, अव भने श्रोतालाई भन्नु पर्ला मेरो गीत बजाउदिन है भनेर ।

सञ्चार क्षेत्रमा काम गर्ने र कलाकारीता गर्ने व्यक्तिहरुको त धेरै गलफ्रेन्ड हुन्छन् भन्नछन् तपाईको कत्तीको छन् नी ?

साथि नहुने त प्रश्नै भएन, धेरै छन् । मलाई स्वभाविक लाग्छ कला क्षेत्रमा भए पछि केटा केटि उत्तिकै साथि हुन्छन तर कुरा संवन्धको हो । म सबै संग बोल्न हाँस्न रुचाउँछु तर यहाँले सोध्न खोज्या जस्तो गलफेन्डलाई रेस्पोन्स गर्ने अनि अरु साथिलाई वेवास्ता गर्ने चाँहि गर्दिन । म सबैलाई समान ब्यवाहर गर्छु ।

विगतको तुलनामा सञ्चार क्षेत्रमा काम गर्नेहरुको भ्यालु घटिरहेको छ भन्न् छन हो ?
त्यस्तो होइन, नराम्रो काम गर्ने, मेहेनत नगर्ने को हिजो पनि भ्यालु थिएन र आज पनि छैन । तर मेहेनत गर्ने अनि सञ्चार क्षेत्रलाई बुझेर राम्रो काम गर्ने हरुको झन आज धेरै महत्व छ । धेरै चर्चा हुन्छ धेरै खोजी हुन्छ धेरै सम्भावना हरु थपिएका छन । कुरा मेहेनत लगनशिलता र निरन्तरताको हो ।
सञ्चार कर्मीहरुले त गित बजाउन अन्तरवार्ता गर्न पनि कलाकारहरु सँग पैसा माग्छन रे नी ?

खै मैले त त्यस्तो सुनेको छैन, तर यहाँले भनेजस्तो गित बजाउनका लागि सञ्चारकर्मी लाई दिने पैसा आजभोली कलाकार संग छैन, पहिले जस्तो एल्बम् निकालेर लाखौ कमाउने दिन गए, थियो होला कुनै समय त्यो पनि । तर आज भोली पैसा भए गीत प्रोमोसन गर्ने कलाकारका अन्य धेरै  तरिकाहरु छन ।

तपाईले त रेडियो फेरी फेरी काम गर्नु भा छ, पैसा नदिएर हो कि अबसर ले ? त्यस माथी सञ्चार क्षेत्रमा काम गर्नेको गोजी खाली हुन्छ भन्छन !

म हिजो सञ्चार क्षेत्रमा लाग्दा मेरो ब्यस्तता अलि कम थियो । अहिले धेरै ब्यस्त छु । कला र सञ्चार दुबै क्षेत्रलाई सहज हिसाबले अगाडी बढाउन मिल्ने अवसर आयो त्यसैले अहिले यहाँ छु । म धेरै सन्तुष्ट छु । अहिले सञ्चार बाट पनि उचित पारिश्रमिक समयमै पाएको छु भने यसका कारण मेरो गीत संगीतको काम पनि राम्रो भएको छ । तर हिजो जस्तो गोजी खालि गरेर हिडनुपर्ने अवस्था आज छैन ।

कृष्णले लय सृजना गरेको र उनै प्रस्तुति रहेको कलाकारले देखे गितको म्युजिक भिडियो यस्तो रहेको छ ।


0 comments for "म सबैसँग बोल्छु, गर्लफ्रेण्डसँग मात्रै मस्किने काम गर्दिन"

Leave a reply

    Popular Posts

    Blog Archive