Published On:Wednesday, November 26, 2014
Posted by dadad
पाकिस्तानी अभिनेत्री विना मलिकलाई २६ वर्ष जेल सजाय

काठमाडौँ ,१० मङ्सिर। पाकिस्तानको एक अदालतले अभिनेत्री विना मलिकलाई २६
वर्षको जेल सजाय सुनाएको छ ।
गिलगित(बाल्टिस्तानको आतंकवाद निरोधक अदालतले
विना र जियो टीभीका मालिक मीर शकीलुर रहमानलाई २६ वर्षको जेल सजाय सुनाएको
हो । रहमानलाई १३ लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तोकिएको छ ।
समाचार एजेन्सीहरुका अनुसार जीयो टीभीमा प्रसारित एक कार्यक्रममा धार्मिक
गीतमा विना मलिकले आफ्नो पतिसँग नृत्य गरेको देखिएको थियो ।
अदालतले आफ्नो
आदेशमा भनेको छ ‘आरोपीहरुको कार्यले मुसलमानहरुको धार्मिक भावनामा आहत भएको
छ । यस्तो कार्यलाई गम्भीर रुपमा लिन जरुरी छ । यसलाई रोक्न कडा सजाय
जरुरी छ ।’
अदालतको फैसलापछि पनि विना मलिक र जियो टीभीका मालिक पक्राउ पर्ने सम्भावना
भने निकै कम रहेको बीबीसीले जनाएको छ ।
गिलगित(बाल्टिस्तानले पाकिस्तानमा
पूर्ण प्रान्तको दर्जा पाएको छैन र त्यहाँको अदालतको आदेश पूरा पमकिस्तानमा
लागू हुँदैन । एजेन्सी