Published On:Sunday, November 30, 2014
Posted by dadad
भाइ सम्झेर प्रधानमन्त्री भावुक
१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति सुशील कोइराला भाइ डा। अरुणलाई सम्झेर एकाएक भावुक भए ।
केहीछिन शब्दसमेत निस्केन । कांग्रेस केन्द्रिय समितिले आइतबार सानेपास्थित पार्टी कार्यालयमा आयोजना गरेको श्रदाञ्जली सभामा कोइराला भाइको अन्तिम चिठी सम्भेर भावुक बने ।
डा अरुणले शिक्षण अस्पतालको शैयाबाट दाइ सुशीललाई चिठी लेख्दै लोकतान्त्रिक संविधान जारी गर्न आग्रह गरेका थिए । ‘उ शिक्षण अस्पतालको आईसियूमा थियो ।
होस थियो तर बोलन नसक्ने । कलम कापी माग्यो । मलाई सम्बोधन गरेर लेखेको पत्रमा घरपरिवार उल्लेख गरेन ।
राष्ट्रियता,प्रजातन्त्र,समाजवादमा कसैसँग सम्झौता नगर्न आग्रह गर्दै लोकतान्त्रिक संविधान ल्याएर मुलुकलाई सम्बृद्द बनाउन भन्यो’ कोइरालाले स्मरण गरे ।
प्रधानमन्त्री कोइरालाले भाइ दिवंगत भएको कुरा आफूलाई विश्वास नै नलागेको बताए । ‘हामी दुई भाइबीच साथीको जस्तो सम्बन्ध थियो,अत्यन्तै निकट ।
कहिलेकाहीं झगडा पनि गथ्र्यो । तर हामीमा प्रेम,स्नेह र सद्भाव थियो’ उनले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।