Published On:Thursday, November 27, 2014
Posted by dadad

धादिङमा पहिलो पटक मध्यमाञ्चल क्षेत्रिय महोत्सव हुने

११ मंसिर, धादिङ । आगामी पुस ७ देखि १७ गतेसम्म धादिङको धादिङबेसीमा पहिलो पटक मध्यमाञ्चल क्षेत्रिय महोत्सव–२०७१ हुने भएको छ ।

उद्योग वाणिज्य संघ धादिङले गर्न लागेको महोत्सवको नारा ‘घरेलु उद्योग, कृषि, जलश्रोत, पर्यटन प्रवद्र्धन–आर्थिक समृद्धि हाम्रो अभियान’ भन्ने तय भएको छ ।

विहीबार धादिङवेशीमा बसेको मध्यमाञ्चल क्षेत्रिय मुल आयोजक समितिको बैठकले महोत्सवको नारा तय गरेको हो ।

महोत्सव मध्यमाञ्चल क्षेत्रीय स्तरको हुने भएकाले मध्य क्षेत्रको प्रतिनिधित्व गर्ने मुख्य बस्तुहरुमा घरेलु उद्योग,कृषि, जलश्रोत,पर्यटन प्रवद्र्धन रहेकाले महोत्सवको मुख्य नारा र आकर्षण पनि यसैलाई वनाईएको आयोजक समिति संयोजक कल्पना अधिकारीले बताईन् ।

आयोजक समितिको बैठकले महोत्सवको तयारी र प्रचार प्रसारका लागि समेत विभिन्न संचारमाध्यमहरुसंग सहकार्य गरी अघि बढ्ने निर्णय समेत गरेको छ ।

महोत्सवको मुख्य आयोजकमा उद्योग वाणिज्य संघ धादिङ रहेको छ भने घरेलु तथा साना उद्योग विकास समिति प्रधान कार्यालय त्रिपुरेश्वर काठमाण्डौं, जिल्ला विकास समिति धादिङ, नीलकण्ठ नगरपालिका सह–आयोजक रहेका छन ।

त्यसै गरी कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम,व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र,नेपाल टेलिकम महोत्सवको मुख्य प्रायोजकमा रहेको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।

मध्य नेपालका १९ जिल्लाको प्रतिनिधित्व हुने घरेलु, उद्योग, कृषि, पशु उत्पादन, फलफुल, पर्यटकीय क्षेत्रको प्रचार प्रसार, औद्योगिक उत्पादनलाई महोत्सवमा समेटिने छ ।

महोत्सवको तयारीका कार्यक्रमहरु पनि तिव्र गतिमा अघि बढिरहेको आयोजकले जनाएको छ । जिल्ला स्थित घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला शिक्षा कार्यलय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, जिल्ला वन कार्यालय, महिला तथा वाल वालिका कार्याय महोत्सवको सहयोगी निकायको रुपमा रहने मुल आयोजक समितिले जनाएको छ ।

0 comments for "धादिङमा पहिलो पटक मध्यमाञ्चल क्षेत्रिय महोत्सव हुने"

Leave a reply

    Popular Posts

    Blog Archive