Published On:Saturday, November 29, 2014
Posted by dadad

बलले लागेर व्याट्सम्यान ह्यूजको निधन

४ मंसिर, काठमाडौं । इजरायलमा बलले लागेर अम्पायरको मृत्यु भएको छ ।

बलले लागेर अष्ट्रलियाली व्याट्सम्यान फिलिप ह्यूजको निधन भएको केही दिनपछि यो घटना भएको हो । सिड्नीमा भएको एक खेलका क्रमा बलले टाउकोको पछिल्लो भागमा लागेपछि ह्यूज मैदानमै ढलेका थिए ।
उनको उपचारका क्रममा बिहीबार निधन भयो ।

समाचार एजेन्सी एएफपीले इजरायली क्रिकेट संघलाई उदृत गर्दै शनिबार ५५ वर्षीय अम्पायर हिलेल ओस्कारको निधन भएको बताएको छ । उनी इजरायलको राष्ट्रिय टीमका पूर्व कप्तान समेत हुन् ।


प्रत्यक्षदर्शीहरुका अनुसार तिब्र गतिमा आएको बल पहिले विकेटमा लागेको थियो र त्यसपछि उक्त बलले अम्पायरलाई लागेको थियो ।

केहीले बलले उनको अनुहारमा लागेको बताएका छन् भने केही छातिमा लागेपछि हृदयघात भएको बताए ।
प्रहरीले पनि अम्पायरको मृत्यु भएको घटनामा गलत खेल नखलेको बताएको छ । यद्यपि घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।

उक्त खेल इजरायलको राष्ट्रिय लिगको थियो र अन्तिम खेल भएको बताइएको छ । इजरायल क्रिकेट संघका प्रमुखले भनेका छन्–‘हामी पनि आश्चर्यमा परेका छौं ।’ पाँच वर्षअघि वेल्समा पिल्डरले फालेको बलले लागेर एक अम्पायरको मृत्यु भएको थियो ।

0 comments for "बलले लागेर व्याट्सम्यान ह्यूजको निधन"

Leave a reply

    Popular Posts

    Blog Archive