Published On:Sunday, November 30, 2014
Posted by dadad

जथाभावी बाटो काट्दा २०२ गिरफ्तार

१५ मंसिर, काठमाडौं । सार्क सम्मेलनका बेला उपत्यकाका सडकको बीचमा बनाइएका बगैंचाबाट सडक पार गर्ने दुई सय दुईजना आइतबार पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा विद्यार्थीदेखि प्राध्यापकसम्म छन् । महानगरीय प्रहरी परिसर र काठमाडौं महानगरपालिकाको टोलीले जथाभावी सडक पार गर्नेलाई पक्राउ गरेको हो । 

प्रहरी परिसरले १ सय ८७ र महानगरपालिकाको नगर प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । महानगरपालिका र प्रहरीले माइतीघरदेखि नितकुनेसम्मको सडकमा दैनिक कारबाही अभियान चलाउने भएको छ ।

पक्राउ परेका एक सय ८७ लाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा तीन घन्टा हिरासतमा राखेर नैतिक शिक्षा दिएर छाडिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 comments for "जथाभावी बाटो काट्दा २०२ गिरफ्तार"

Leave a reply

    Popular Posts

    Blog Archive