Published On:Thursday, November 27, 2014
Posted by dadad
ऊर्जा सम्बन्धी सम्झौतामा हस्ताक्षर

आजको समापन सत्र प्रारम्भ भएपछि सार्कका अध्यक्ष तथा नेपालका
प्रधानमन्त्री सुशील कोइरालाले सदस्य मुलुकका विदेश मन्त्रीहरुलाई सो
सम्झौतमा हस्ताक्षर गर्न आग्रह गरेपछि सो सम्झौतामा हस्ताक्षर भएको हो ।
सदस्य मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको उपस्थितिमा सो सम्झौतामा
हस्ताक्षर भएको हो । सदस्य मुलुकका वैदेशिक÷बाह्य मामिला मन्त्री परिषद्को
३६औं बैठकले सो सम्झौतालाई पारित गरेको थियो ।
अफगानिस्तानका कामु विदेशमन्त्री जरार अहमद ओसमानी, बङ्गलादेशका
विदेशमन्त्री अब्दुल हसन महमुद अली, भुटानका विदेशमन्त्री ल्योन्पो रिञ्जिन
दोर्जी, भारतका बाह्य मामिलामन्त्री श्रीमती सुषमा स्वराज, माल्दिभ्सका
विदेशमन्त्री सुश्री दुन्या मौमुन, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफका
राष्ट्रिय सुरक्षा तथा विदेश मामिला सल्लाहकार सरताज अजिज र श्रीलङ्काका
बाह्य मामिलामन्त्री प्रा गामिनी लक्ष्मण पेइरिस र नेपालका परराष्ट्र
मन्त्री महेन्द्रबहादुर पाण्डेले हस्ताक्षर गर्नुभएको हो ।