Published On:Monday, November 24, 2014
Posted by dadad
भेरीको किनारामा आमालाई सम्झदा
![]() |
कृष्ण आचार्य |
तिन वर्षे बालक आफ्नो आमाको
ममतालाई सानैमा विर्सना पर्ने छ,
अब उसलाई, बाबु माम खाउ कसैले भन्ने छैन
छोरा तिमी मेरो पराण भन्दा प्यारो
पनि कसैले भन्ने छैन ,,
किन कि त्यो सबै खुसि भेरीले लुटेको छ ।
जव छोरो जवान हुन्छ तव,
भेरीको त्यो सुसेली सँग सोध्ला,
भेरी मलाई सानैमा टुहुरी किन बनाएको ?
भेरी सुनो नसुनो गरि हुँइकिन्छ,
अनि छोराले फेरी सोध्ने छ
के दोष थियो मेरा माता पिताको
अनि के दोष थियो ति निर्दाेषहरुको,
भेरी अझ थुप छ ।
उ आफ्नै बेगमा हुँइकिएको छ ।
छोराको आँशुको एक थोपा
भेरीको पानीमा मिसिन्छ,
भेरी झसङग हुन्छ,
त्यो बेला घटना विस वर्ष पुरानो भइसकेको हुने छ,
भेरीले पुरानो कुरा विर्सिएला तर
छोराले आमाको माया विर्सिएको छैन
अनि त्यहि नुनेलो आँसुको ढिक्का सँगै
छोराले सम्झने छ माता अनि पितालाई
अनि धिकार्ने छ
भेरीको त्यो मुस्कानलाई ,
अनि सराप्ने छ,
भेरीको त्यो वेगलाई ।