Published On:Monday, November 24, 2014
Posted by dadad

काँग्रेस/एमाले संविधान जारी हुन नदिने रणनीतिः किँराती

धादिङ । एकृकीत नेकपा एमाओवादीका स्थायी समिति सदस्य गोपाल किरातीले एमाले काँग्रसले बहुमतको नाममा संविधान निर्माण कार्यलाई अगाडी बड्न नदिएको आरोप लगाएका छन् ।

पूर्व संसदीय व्यवस्था तथा संस्कृति मन्त्री समेत रहेका मन्त्री किराँतीले बहुमतको नाममा १० वर्षको जनयूद्ध र १९ दिनको जनआन्दोलका उपलब्धीलाई पछाडी धकलेर सत्ता र बहुमतको धङधङगीले राज्य पुनः संरचना हुन नसक्ने बताए ।

तामाङ राष्ट्रिय मुक्ति मोर्चाको धादिङको जिल्ला भेलामा नेता किँरातीले विगतको संघर्षले नै ज्ञानेन्द्र र तिनका मतियारहरुलाई निमिट्यान्न पारेका र फेरि पहिचान सहितको संघियताका लागि आफ्नो पार्टी अर्को मुल्य चुकाउन तयार रहेको दाबी गरे ।

बहुमतको नाममा ०४६ को संविधान ब्यूउँताउन नदिने भन्दै उनले त्यस्तो परिस्थिति आए मुडभेडको स्थिति सिर्जना हुने चेतावनी दिए । एमाओवादी धादिङ, नुवाकोट र रसुवा इन्चार्ज हितबहादुर तामाङले तामाङ राष्ट्रिय मुक्ति मोर्चालाई चुस्त दुरुस्त रहन निर्देशन दिए ।

उनले फेरि मुलुकमा जनपक्षिय संविधान नबन्ने खतरा बढेकाले थप संघर्षका लागि तयार रहन समेत आग्रह गरे ।
तामाङ राष्ट्रिय मुक्ति मोर्चा राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक सुर्यमान दोङले दोश्रो संविधान सभाको निर्वाचन पनि झनै जनपक्षिय संविधान बन्नेमा आसङ्का काँग्रस एमालेले बहुमतको नाममा सहमतिलाई लत्याउँदै गएकाले मुलुकको राजनिति झन जटील बन्दै गहिरहेको बताए ।

भेलामा एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारी, जिल्ला सचिव धनबहादुर बुर्लाकोटी, दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य दिपक विश्वकर्मा, अखिल नेपाल महिला संक्रान्तिकारीका केन्द्रिय सदस्य सृजना रिजाल, व्यपक्ता योद्धा परिवार समाज धादिङका अध्यक्ष टिका कडेल लगायत सहभागी थिए ।

तामाङ राष्ट्रिय मुक्ति मोर्चा धादिङका अध्यक्ष सोम्बोले तामाङ सभापतित्वमा सम्पनन भेलाले रामसिंङ तामाङको संयोजकत्वमा २५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको थियो ।

0 comments for "काँग्रेस/एमाले संविधान जारी हुन नदिने रणनीतिः किँराती"

Leave a reply

    Popular Posts

    Blog Archive