Published On:Sunday, November 30, 2014
Posted by dadad

विप्लवको हिटलिष्टले क–कसलाई धक्का ?

१५ मंसिर, काठमाडौं । ‘अब हिजो प्रचण्डको माओवादीलेजस्तो गाउँका दुई चार मूरी धान फलाउने सामन्त होइन, दुई चार अर्ब रुपैयाँ लुटेर शहरमा सान देखाउने भ्रष्ष्ट अपराधीहरुमाथि अब कारबाही हुन्छ,’ विप्लव समूहका एक नेताले भने, ‘जनताको रगत पसिना चुसेर अघाएकाहरु र जनमुक्ति सेनाको रगत पसिनासँग साटिएको रकममा मोज गर्नेहरु कारबाहीको निशानामा पर्छन् ।’ 

साँघु साप्ताहिकमा खबर छ । विप्लव समूहले पहिलो चरणमा कारबाही गर्नुपर्ने हिटलिष्ट चितवन बैठकबाटै तयार पारेको चर्चासँगै सबैभन्दा बेचैनी प्रचण्ड समूहका नेताहरुलाई परेको छ । लडाकुको अर्बौं रुपैयाँ कसले कति–कति खाए भन्ने विवरण सायद विप्लव समूहलाई जति अरुलाई थाहा छैन ।

त्यस्तै नवधनाढ्यहरुको सूचीमा एमाओवादीका धेरै नेताहरु पर्ने भएकाले पनि उनीहरुको पंक्ति अहिले विप्लवलाई गाली गर्नेभन्दा पनि उनको सहानुभूति बटुल्नेतिर लागेको देखिन्छ । एमाओवादीका नेता कार्यकर्ताहरुले राज्यलाई विप्लवसँग वार्ता गरेर उनका माग पूरा गर भन्दैछन् । 

विप्लव समूहले प्रचारात्मक युद्धको चरणमा शहरका भ्रष्ट, शोषकहरुलाई कारबाही गर्न र जनताबाट स्याबासी बटुल्ने योजना बनाएको छ । 

विकास निर्माणको ठेक्कापट्टामा हुने भ्रष्टाचारमा संलग्न भ्रष्टहरु विप्लव समूहको निसानामा छन् । तत्काल वैद्य–बादल समूहलाई नछुने योजनासमेत उनले कार्यकर्तालाई सुनाएको स्रोतले जानकारी दियो । 

0 comments for "विप्लवको हिटलिष्टले क–कसलाई धक्का ?"

Leave a reply

    Popular Posts

    Blog Archive