Published On:Monday, November 24, 2014
Posted by dadad

धादिङमा बेबारिसे बिरामी भेटियो

धादिङ । धादिङमा सोमबार करीब ४५ बषकी सन्जी मगराती नाम गरेकी एक बेवारिसे महिला विरामी फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङको मोवाइल टोलीले धादिङको सिरान बजारमा बिरामी मगरातीलाई फेला पारेको हो ।

बेबारिसे अवस्थामा रहेकी महिलाको जिल्ला अस्पताल धादिङमा उपचार गरिएको छ । उनको दुवै खुट्टा कुहिएको छ। विरामीको विवरण खुल्न सकेको छैन ।
यस्तै नवलपरासीको कोल्हुवा नारायणी कीनारमा आज वेवारीसे शव फेला परेको छ । अन्दाजि ५५/६० वर्षको देखीने महीलाको शव नदी किनारमा फेला परेको कोल्हुवा थाना चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए ।

0 comments for "धादिङमा बेबारिसे बिरामी भेटियो"

Leave a reply

    Popular Posts

    Blog Archive