Published On:Monday, November 24, 2014
Posted by dadad

अल्काटेल वानटच मोबाइल बजारमा

४ वटा स्मार्टफोन र १ वटा बारफोनको कारोबार सुरु 
नेक्स्ट जेनेरेशन इन्टरप्राइज सोलुसन्स ( एनजिइ सोलुसन्स)  प्रालिले नेपाली बजारमा फ्रान्सको ब्राण्ड अल्काटेल वानटच मोबाइल बजारमा ल्याएको छ ।

२ सयवटा भन्दा बढि देशमा कारोबार भइरहेको अल्काटेल वानटच नेपालमा एनजिइ सोलुसन्सले पहिलो चरणमा  ५ वटा मोडलहहरु ल्याएको हो । नेपालमा भित्राइएका मोडलहरुमा बारफोनमा अल्काटेल १०४१ डी, स्मार्टफोनमा पप डि वान, पप डि थ्रि, पप डि फाइभ र पप सि सेभेन रहेका छन् ।

नेपाली मोबाइल बजारमा भित्राइएका यी मोडलहरुको मुल्य बारफोन  सिरिजको अल्काटेल १०४१ डी को मुल्य रु १ हजार ९ सय ९०,स्मार्टफोन अल्काटेल पप डि वानको रु ७ हजार ७ सय ७७, पप डि थ्रि को मुल्य  रु ९ हजार १ सय ८०, पप डि फाइभ को मुल्य रु १२ हजार ६ सय ९ र पप सि सेभेन को मुल्य १६ हजार ८ सय ४० रुपैयाँ एमआरपी रहेको जानकारी दिएको छ ।

२ हजार देखि १७ हजार नेपाली रुपैयाँ बजार मुल्य तोकेका यी स्मार्टफोन किन्दा उपभोक्तालाई  कम्पनीले फ्लीप कभर र ब्याक प्पानल फ्रि दिने भएको छ । कम्पनीले ल्याएको अल्काटेल पप सि सेभेन मा क्वाडकोर प्रोसेसर,१ जिबी र्याम,४जिबी इन्टरनल मेमोरी , ५ इन्च स्क्रिन,वाइफाई, ब्लुतुथ, थ्रिजी चल्ने, २००० एमएएच को ब्याट्री, गेस्ट मुड, नक नक सिस्टमबाट स्क्रिन खुल्ने लगायतका सुबिधा रहेका बताएको छ  ।

उपत्यका लगायत नेपालका मुख्य शहरमा अल्काटेल वानटचको कारोबार शुरु भइसकेको एनजिइ सोलुसन प्रालिका नेशनल सेल्स मेनेजर उमेश अधिकारीले जानकारी दिए ।

युरोपको प्रतिष्ठित ब्राण्ड अल्काटेल वानटच सुहाउँदो मुल्य सहित नेपाली  बजारमा प्रबेश गरेकोले स्मार्टफोन  प्रयोगकर्ताहरु यसबाट लाबान्भित हुने  एनजिई सोलुसन्सका प्रबन्ध निर्देशक शरद भट्टराईको बिश्वास रहेको छ ।

यो आर्थिक बर्षमा उपभोक्ताको मन जित्ने लक्षका साथ अगाडी बढेको बताउँदै कम्पनीका प्रबन्ध निर्देशक भट्टराइले  बिक्री पछिको सुबिधालाई ध्यान दिँदै कम्पनीले आफ्नो सर्भिस सेन्टर न्युरोडको ताम्राकार कम्प्लेक्स र सिभिल ट्रेड सेन्टरमा राखेको जानकारी दिए । 

एन्ड्रोइड जेलिबिन र किटक्याट भर्सनमा चल्ने यो स्मार्टफोनले युरोपियन देशमा आफ्नो प्रभुत्व जमाइसकेको छ भने बिश्व स्मार्टफोन बजारमा अग्रणी स्थान  ओगट्न सफल भईसकेको कम्पनीको दाबी छ ।

अल्काटेल वानटचका अन्य मोडलका स्मार्टफोन ल्याउने तयारी गरेको कम्पनीले केहि दिन भित्रै भब्य लँच गर्ने योजना बनाएको छ ।

नेपालका धनगढी, नेपालगंज, काठमाडौं, भक्तपुर, सुर्खेत, पोखरा, डुम्रे, नारायणघाट, हेटौंडा, बिरगंज, जनकपुर, बिराटनगर, दमक, बिर्तामोड, धरान लगायतका मुख्य शहरहरुमा  डिलर तथा सर्भिस हबहरु खोलिसकेको छ ।

लामो समयको अध्ययनपछि बजारमा ल्याइएको यो स्मार्टफोनले नेपाली बजारमा छिट्टै पहिचान बनाउँदै स्मार्टफोन पारखीको मन जित्न सफल हुने कम्पनीले बिश्वास  लिएको छ । 

0 comments for "अल्काटेल वानटच मोबाइल बजारमा "

Leave a reply

    Popular Posts

    Blog Archive