Published On:Sunday, November 23, 2014
Posted by dadad

मोबाइलबाट धेरै मेसेज पठाउने बानी छ? आजै देखि छोड्नुस्

दिनभर साथीभाइ वा प्रेमी प्रमिकालाई मोबाइलबाट मेसेज गर्ने बानी छ भने सोंच्नुस् यो बानी घातक हुन सक्छ ।

हालै अमेरिकामा गरिएको एक अध्यनले निरन्तर मोबाइलबाट मेसेज पठाउने बानी भएका ब्यक्तिलाई पछाडीको हड्डीमा समस्या हुने देखाएको छ ।

अमेरिकाको न्यूयोर्कमा गरिएको शोधमा फोनमा मेसेज टाइप गर्दा ब्यक्तिहरुको ढाडमा समस्या आउने पत्ता लागेको हो ।

प्रमुख शोधकर्ता तथा न्यूयोर्कका अर्थोपेडिक सर्जन केनेथ के हन्सराजले आफ्नो अध्यनमा स्मार्ट फोनमा मेसेज लेख्दा अर्थत टाइप गर्दा पछाडीको हड्डीमा दवाव पर्ने र त्यसले स्वास्थ्य समस्या निम्त्याउने बताए ।


यस्तो भार कम्तिमा २३ किलो वजन उठाए बराबर हुने र अन्ततः यसले मेरुदण्डमा नै असर गर्ने समेत शोधकर्ताको भनाइ छ । यसरी मेसेज गर्दा मानसिक तनाव पनि बढ्ने भएका कारण मानसिक समस्या समेत आउन सक्ने उनीहरुको भनाइ छ ।


कुनै पनि सामान्य ब्यक्तिको टाउकोको तौल ४ दशमलव ५ किलो देखि ५ दशमलव ५ सम्म हुने र १५ डिग्री झुक्दा शरीरमा दवाव पैदा हुने शोधले देखाएको हो । कुनै पनि फोनबाट मेसेज पठाउँदा यस्तो अवस्था हुन्छ ।

मानिसहरु दिनमा २ देखि ४ घण्टा सम्म मोबाइल मेसेजमा विताउने र वर्ष भरिमा उक्त समय ७०० देखि १४०० सम्म पुग्ने बताइएको छ । यसो गर्दा मानिसको पछाडीको हड्डीमा गम्भिर समस्या नै आउने देखिन्छ ।

यो शोध सर्जिकल टेक्नोलोजीमा प्रकाशित छ ।

0 comments for "मोबाइलबाट धेरै मेसेज पठाउने बानी छ? आजै देखि छोड्नुस्"

Leave a reply

    Popular Posts

    Blog Archive