Published On:Saturday, November 22, 2014
Posted by dadad

मन्त्री निधिले नैतिकताका आधारमा राजीनामा दिनुपर्छः एमाओवादी

६ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने ठहर गरेको छ । 

मन्त्री जस्तो साझा व्यक्तिले बोलेको अभिव्यक्ति झुट सावित हुन अन्तराष्ट्रिय बेईजत भएको भन्दै माओवादीले नैतिकता छ भने पदबाट राजीनामा दिनुपर्ने बताएको हो ।

केन्द्रीय कार्यलय कोटेश्वर पेरिसडाँडामा शनिबार भएको नियमित प्रवक्ता–पत्रकार भेटघाटमा प्रवक्ता दिनानाथ शर्माले राजिनामाका विषयमा आफुहले आधिकारीक निर्णय भने नगरेको बताए ।

 सरकारको कुटनीतिक क्षेत्रको कमजोरीका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका विषयमा विवाद उत्पन्न भएको शर्माको भनाई छ ।

१८ औँ सार्क शिखर सम्मेलनमा मोदीको सम्बोधनका विषयमा प्रधानमन्त्री र गृहमन्त्रीको फरक धारणा सार्वजनिक हुनु नै गम्भिर त्रुटी भएको माओवादीको तर्क छ । सरकारको असक्षमताका कारण सार्क सम्मेलन विवादित बन्न पुगेको भन्दै प्रवक्ता शर्माले सरकारले नालायकिपन प्रस्तुत गरेको आरोप लगाए ।

यस्तै संविधानका विवादित विषयलाई संविधानसभामा कसरी पेश गर्ने भन्ने स्पष्ट विधि नभएकाले संवाद समिति सभापति बाबुराम भट्टराईले विभिन्न पक्षसँग परामर्श गरिरहेको उनले जनाए । सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेलाई संविधानसभाबाट संविधान बनाउनु कुनै आवश्यकता नै नरहेको उनले बताए ।

माघ ८ भित्रमा मस्यौदा मात्रै भएपनि तयार गर्नुपर्ने भन्दै उनले त्यसो हुन नसकेमा ठूलो दुर्घटना निम्तो चिन्ता व्यक्त गरे । प्रवक्ता शर्माले १ वर्षमा ३ पटक सरकार परिवर्तन गर्ने परम्पराको अन्त्य नभएसम्म देशमा राम्रो सुसासन कायम हुन नसक्ने जिकिर गरे ।

0 comments for "मन्त्री निधिले नैतिकताका आधारमा राजीनामा दिनुपर्छः एमाओवादी"

Leave a reply

    Popular Posts

    Blog Archive