Published On:Thursday, November 27, 2014
Posted by dadad

५ किलोमिटर लामो सुनको सिक्री बन्यो

झ्वाट्ट सुन्दा यो हुनै नसक्ने कुरा जस्तो लाग्छ । तर यो सत्य हो ।
सुनको सिक्री, घाँटीमा बेर्ने जत्तिकै लामो कहाँ हो र ? ५ किलोमिटर लामो ।

सुनको सहर भनेर चिनिने युएइको दुबइमा विश्वकै सबैभन्दा लामो ५ किलोमिटरको सुनको सिक्री बनिरहेको छ ।

यो सुनको सिक्री बनाउनका लागि २२ क्यारेट सुन १ सय ८० किलो लाग्नेछ । स्थानीय अखबारका अनुसार यो सिक्रीको माध्यमबाट दुबइले फेरी अर्को किर्तिमानी कामका लागि गिनिज बुकमा नाम लेखाउनेछ ।

दुबइ शपिङ महोत्सवमा प्रदर्शन गर्नेगरी यसको निर्माण भैरहेको हो । यो सिक्री बनाउनका लागि दुबइ गोल्ड एण्ड ज्वैलरी ग्रुपले अगुवाइ गरेको छ र ५ सय भन्दा बढि सुन बिक्रेताहरु यसमा सहभागी छन् ।

यो सिक्रीको नाम दुबइ सेलिब्रेसन राखिएको छ । आउँदो जनवरी १ देखि फेब्रुअरी १ सम्म हुने दुबइ सपिङ फेस्टिवलका क्रममा यो सिक्रीलाई प्रदर्शन गरिने योजना छ ।

यो सिक्री निर्माताले अहिले सर्वसाधारणसँग एउटा गजबको प्रस्ताव समेत राखेका छन् । शपिङ महोत्सवमा आउनेहरुले यो सिक्री बनाउनका लागि आफुले चाहेजति सुन दिन सक्नेछन् ।

 अहिले दिएको सुन महोत्सव सकिएपछि उनीहरुलाई सिक्री काटेर फिर्ता गरिनेछ । साथै त्यसको सट्टा ब्रासलेट समेत लिन सकिनेछ ।

यो सिक्री बनाउनका लागि अहिले ७० जना कालिगढ खटिएका छन् । उनीहरुले हरेक दिन १० घण्टा लगातार काम गरिरहेका छन् ।

२ सय मिटर लामो ठाउँमा यो सिक्रीलाई बेरेर प्रदर्शनीमा राखिनेछ र यसका लागि १० जना कालिगढ खटाइनेछ ।

0 comments for "५ किलोमिटर लामो सुनको सिक्री बन्यो"

Leave a reply

    Popular Posts

    Blog Archive