Published On:Saturday, November 22, 2014
Posted by dadad
सार्कमा एजेण्डा कार्यन्वयनमा जोड दिन अर्थविदको सुझाव

मोदी जनकपुर जाने पक्का भयोः प्रधानमन्त्रीका आर्थिक सल्लाहकार
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा डा. नेपालले सार्क सम्मेलनमा भाग लिन नेपाल आउने भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण सूरक्षाको समस्या नदेखिए करिव–करिव सुनिश्चित भएको जानकारी दिएका छन् ।
साक्षात्कारमा नेपालले छरिएर रहेको सार्क अर्थतन्त्रलाई एकिकृत रुपमा अगाडी बढाउनका लागिपनिविशेष पहलथाल्नुपर्ने धारणा व्यक्त गरे ।
क्षेत्रिय सहयोग र विकासकालागि स्थापित साफ्टात्यतिप्रभावकारी नभएको भन्दै त्यसलाई अझै प्रभावकारी बनाउँदै सार्क क्षेत्रमै सबै राष्ट्रवीच वस्तु आयात–निर्यात, मानिसहरुको आवतजावत र सेवाहरुको सहज रुपमाप्रवाहहुन सके आर्थिक समृद्धि हासिलगर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले भने–‘ साफ्टा जुन रुपमा अघि बढुनुपथ्र्यो त्यसरी बढ्न सकेको छैन, १८ औं सम्मेलनबाट साफ्टालाई प्रभावकारी बनाउन सार्क राष्ट्रको मूख्यएजेण्डा बन्नुपर्छ ।’हालै भारतसँग सम्पन्नविद्युतव्यापार सम्झौता (पीटिए)ले ठूलो हलचलल्याएको बताउँदै पीटिए क्षेत्रिय स्तरमै गर्नुपर्ने सुझावनेपालले दिएका छन् ।
उनले यस पटकको सम्मेलनको मूख्यएजेण्डा नै सार्क क्षेत्रबाटै गरिवी हटाउने भएको भन्दै निश्चितमितितोकेर नै कार्यक्रमहरु अगाडि सार्नुपर्ने बताए । एकिकृत माओवादीका नेता रामकार्कीले सार्कले धरै कार्यक्रमहरुको घोषणा गरेपनिकार्यन्वयनगर्न नसकेको गुनासो गरेका छन् ।
कार्कीले सार्क भारत–पाकिस्तानको कारण छायाँमा परेको समेत आरोप लगाएका छन् । कार्कीले मोदीको जनकपुर भ्रमणवारे सरकारले कुरा लुकाएको आरोप लगाएका छन् ।
उनले भने–‘राष्ट्रप्रमुख को कहाँ जान्छ के गर्छन भन्ने कुराको चाँजोपाँजो त सरकारले गर्ने हो नि, तर हाम्रो त एउटा मन्त्रीले एउटा कुरा गर्छन अर्कोले अर्के कुराखासमा केहीबुझ्न नै सकिएन ।’ उनले सार्क सम्मेलनमा नेपालले आफ्नाएजेण्डाहरुको वारेमाकुनै तयारी नै नगरेको समेत आरोपलगाएका छन् ।
भारत र चीनको दुवै देश विश्वकाआर्थिक शक्तिबन्ने होडवाजीमा रहेको बताउँदै नेपालले त्यसवारेमा सचेत रहनुपर्ने सुझाव समेत दिएका छन् । उनले भने–‘हात्ती जुधेपनि मिलेपनि माडिने त दुबो नै हो, त्यसैले यीदुई देश मिले पनि झगडा गरेपनि नेपाललाई असर गर्छ ।’
अर्थविद डा. विश्वम्भर प्याकुरेलले सम्मेलनमा नयाँ–नयाँ एजेण्डा थुपार्नु भन्दा कार्यन्वयन पक्षमा जोड दिनुपर्ने सुझाव दिएका छन् । प्याकुरेलले पनि सार्क भारत र पाकिस्तान सम्बन्धको कारण छायाँमा परेको बताएका छन् ।
उनले भारत र पाकिस्तानवीच समझदारी नभएसम्म सार्क क्षेत्रले अपेक्षित रुपमाकुनै फड्को मार्न नसक्ने समेत औंल्याएका छन् । सार्क घोषणा पत्रमाबहुपक्षीय छलफल गर्न सक्ने प्रावधानभएकाले अबदुई पक्षीयविवादको छलफल गर्न सक्ने खालको प्रवाधान सार्कको वडापत्रमा गरिनुपर्ने प्याकुरेलले सुझावदिए ।
उनले भने–‘सार्क राष्ट्रहरुले आ–आफ्नो सम्भावित क्षेत्रको वारेमा स्पष्ट खाकातयार पारेर क्षेत्रियहबको रुपमाविकास गर्न जरुरी छ, यसो गर्न सकिए सबै राष्ट्रले आ–आफ्नो ठाउँबाट लाभलिन सक्छन् ।’
प्याकुरेलले सार्कको चार्टर नै परिवर्तन गर्नुपर्ने आवाश्यकत्ताऔंल्याएका छन् । सार्कले जति नै ठूला महत्वपूर्ण निर्णयहरु गरेपनिकार्यन्वयन गराउननसकेकोमागुनासो गर्दै उनले सार्क सचिवालयलाई अधिकार सम्पन्नबनाउनु पर्नेमाजोड दिएका छन् ।
उनले सार्क राष्ट्रहरुले आ–आफ्नो देशको लाभहुनेगरि तुलनात्मकलाभलाई मध्येनजर गर्दै क्षेत्रियहबबनाउनुपर्नेमो जोड दिँदै नेपाललाई जलविद्युतको हब, बंगलादेशलाई प्राकृतिकग्याँसको, पाकिस्तानलाई विज्ञान तथाप्रविधि, भारतलाई अटो मोवाईल हबको रुपमाविकास गर्नुपर्ने धारणा राखेका छन् ।
प्याकुरेलले सार्क सम्मेलनमाभागलिने पर्यवेक्षक राष्ट्रहरुको समेत आ–आफ्नै स्वार्थ हुने भएको बताउँदै उनीहरुको स्वार्थलाई पहिचानगरि नेपालको हित र विकासमाउपयोग गर्न यो सम्मेलन ठूलो अवसर भएको बताए ।