Published On:Sunday, November 23, 2014
Posted by dadad

आर्थिक विकासका विषयमा सार्क केन्द्रित हुनुपर्ने

७ मङ्सिर, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को अठारौँ शिखर सम्मेलनमा नेपालले आर्थिक विकासका विषयमा केन्द्रित रहेर पारस्पारिक लाभका नयाँ क्षेत्र पहिल्याउनुपर्नेमा आर्थिक क्षेत्रका जानकारले जोड दिएका छन् ।

मिडिया इन्टरनेसनलले गरेको ‘सार्क शिखर सम्मेलनले अर्थतन्त्रमा पार्ने प्रभाव’ विषयक छलफल कार्यक्रमका अधिकांश वक्ताले सार्क सदस्य मुलुकबीच आपसी सम्बन्धमा सुधार गरी क्षेत्रीय व्यापार प्रवद्र्धन एवम् विस्तार गरिनुपर्ने बताए ।

पूर्व अर्थमन्त्री शङ्कर कोइरालाले सार्क स्थापनाको २९ वर्ष पूरा हुन लाग्दा पनि सार्कले आर्थिक विकासका क्षेत्रमा सोचेअनुसार उपलब्धि हासिल गर्न नसकेको बताए ।

उनले सार्कका सबै राष्ट्रमा जल, स्थल र हवाई सम्पर्क विस्तार गरी आपसी व्यापार प्रवद्र्धन गर्न आयोजकको हैसियतले नेपालले विशेष रुपमा सम्मेलनमा कुरा उठाउनुपर्ने आवश्यकता औँल्याए ।
प्रधानमन्त्रीका आर्थिक सल्लाकार डा। चिरञ्जीवी नेपालले सार्क सम्मेलनमा पर्यटन र जलविद्युत्को क्षेत्रमा जोड दिनुपर्ने धारणा राखे ।

उनले अब नेपालले अर्थतन्त्रमा फड्को मार्न लागि सेवामूलक उद्योगमा प्राथमिकता दिनुपर्ने बताए ।


राष्ट्रिय योजना आयोगका सदस्य डा।चन्द्रमणि अधिकारीले सार्क राष्ट्रका जनशक्ति अन्य मुलुकमा पलायन भइरहेको उल्लेख गर्दै रोजगारीको वातावरण सिर्जना गरी उक्त जनशक्तिलाई सार्क राष्ट्रभित्रै खपत गर्ने योजना सम्मेलनले उठाउनुपर्ने बताए ।

0 comments for " आर्थिक विकासका विषयमा सार्क केन्द्रित हुनुपर्ने"

Leave a reply

    Popular Posts

    Blog Archive