Published On:Friday, November 21, 2014
Posted by dadad
मोदीको भ्रमण स्थगितबारे कुनै जानकारी छैनः राजदुत रे
५ मंसिर, काठमाडौं । नेपालका लागि भारतीय राजदुत रञ्जित रेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण रद्द भएको वारे अहिलेसम्म आफूहरुलाई कुनै जानकारी नभएको स्पष्ट पारेका छन् ।
१८ औं सार्क सम्मेलनको पूर्व सन्ध्यामा शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेकोे ‘१८ औं सार्क शिखर सम्भावना र चुनौती ’विषयक साक्षात्कारमा राजदुत रेले मोदीले गर्ने भनेको जनकपुर, लुम्बिनि र मुक्तिनाथ भ्रमण रद्द भएको जानकारी नेपाल सरकारको तर्फबाट सार्वजनिक भएको घटनाले आफुलाई अचम्मित बनाएको बताए ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा राजदुत रेले मोदीजीको भ्रमण रद्दवारे सार्वजनिक भएका खबरहरु समेत आफूलाई कुनै जानकारी नभएको भन्दै तत्काल विदेश मन्त्रालयसँग परामर्श गरेर आधिकारिक जानकारी पछि मात्रै भ्रमणको कार्यतालिका सार्वजनिक गर्र्नेे जानकारी दिए ।
पूर्व पराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले नेपालका राजनीतिकदलको हचुवाव्यवहार र अपरिपक्व कुटनीतिका कारण समस्याउत्पन्नभएको आरोप लगाए । उनले नेपालका नेताहरु कुटनीतिमा अपरिपक्वभएको भन्दै भारतीयप्रधानमन्त्रीको भ्रमणको विषयमाभएको टिकाटिप्पणी अशोभनीयभएको दाबी गरे । उनले भने–‘ देशमाजति नै ठूलो विवादभएपनि कुटनीति र विदेश नीतिको मामिलामा संयमितभएर राजनीतिक नेतृत्व प्रस्तुतहुनुपर्नेमाहाम्रा नेताहरु भने विभाजितभएयसले नै समस्याल्याएको हो ।’