Published On:Tuesday, November 4, 2014
Posted by dadad

पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रतिष्ठान

१८ कार्तिक, काठमाडौं । नेपाल पत्रकार महासङ्घले पत्रकारको हकहित, व्यावसायिक दक्षता तथा क्षमता वृद्धिका लागि ‘राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान’ जतिसक्दो छिटो निर्माण गर्न सरकारसँग आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष महेन्द्र विष्टसहितको टोली मंगलबाार सिंहदरबार स्थित सूचना तथा सञ्चार मन्त्रालयमा पुगी मन्त्री मीनेन्द्र रिजाललाई महासङ्घको लम्जुङको घले गाउँमा हालै सम्पन्न तेस्रो बैठकले गरेका निर्णयबारे जानकारी गराउँदै सो प्रतिष्ठान दु्रत गतिमा निर्माण गर्न आग्रह गरेको हो ।
आमसञ्चारमाध्यमका छापा, रेडियो, टेलिभिजन र अनलाइन माध्यममा काम गर्ने श्रमजीवी पत्रकारलाई विधा विषयक ज्ञान, सीप तथा अभ्याससम्बन्धी तालिम दिन सो प्रतिष्ठानको आवश्यकता भएको महासङ्घका अध्यक्ष विष्टले बताए ।
श्रमजीवी पत्रकार ऐन कार्यान्वयन हुन नसक्दा पत्रकारले समयमै तलब नपाउने, नियुक्तिपत्रबिना काम गर्नुपर्नेलगायतका विभिन्न समस्या रहेको पनि उहाँले मन्त्री रिजाललाई अवगत गराए । मन्त्री रिजालले ‘राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान’ निर्माणका लागि छलफल अघि बढिसकेको र सकेसम्म आफू सञ्चारमन्त्री हुँदाकै अवस्थामा यो काम पूरा गर्ने सोच रहेको जानकारी दिए । नयाँ संविधानमा राखिने शासकीय स्वरुप र सङ्घीयतालगायतका धेरै कुरामा सहमतिको नजिक दलहरु पुगिसकेको उनले बताए ।

0 comments for "पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रतिष्ठान "

Leave a reply

    Popular Posts

    Blog Archive