Published On:Saturday, November 1, 2014
Posted by dadad
धादिङमा अन्तरपार्टी महिला सञ्जाल गठन
१५ कार्तिक, धादिङबेशी । अन्तर पाटी महिला सञ्जाल धादिङको नयाँ कार्य समितिको अध्यक्षयमा सिर्जना रिजाल चयन भएकी छन् । उपाध्यक्षमा सुमित्रा ठकुरी, सचिवमा सिता कार्की, सहसचिवमा गोमा कुमारी लामिछाने, कोषाध्यक्षमा फिक्चा तामाङ गरी १० जना कार्य समितिको चयन भएको छ ।
अन्तर पार्टी महिला सञ्जालका केन्द्रिय सदस्य कल्पना धमलाले स्थानिय निकायमा महिलाहरुको समानुपातिक प्रतिनिधित्वको अति आवश्यक रहेको बताए ।
सञ्जाल धादिङले शनिवार धादिङबेसीमा गरेकोे निर्वाचन प्रक्रिया र स्थानीय निकायमा महिलाको भूमिका विषय अन्तरक्र्रिया कार्यक्रममा धमलाले महिलाका हरेक पक्षमा अन्तर पाटी महिला सञ्जाल धादिङले आवाज उठाउनु पर्ने र धादिङका हरेक राजनितिक दलहरुले पनि सक्दो सहयोग गर्नु पर्ने बताए ।