Published On:Saturday, November 1, 2014
Posted by dadad

देउसीको पैसा सामुदायीक भवन निर्माणमा लगाईने

१५ कार्तिक, धादिङ । धादिङको चेपाङ चंचलादेवि आमा समुहले तिहारमा खेलेको देउसी भैलो बाट उठेको रकम सामुदायीक भवन निमार्णमा खर्च गर्ने भएको छ । धादिङको महादेवस्थान गाविस रेतिखेलामा गठन भएको आमा समुहमा चेपाङ महिलाहरु आवद्ध छन् ।

यस आमा समुहले महादेवस्थान गाविसको तोर्लाङ, पिपलडाँडा, सिँउडीवार, घर्तिगाउँ लगायतका चेपाङबस्तीमा देउसीरे खेलेको थियो । हामीले नेपाली संकृतिको रक्षाका लागि देउसी भैलो खेलेका होऔं हामी चेपाङ आमा समुह चेपाङबस्ती भन्दा बाहिर देउसी खेल्न गएनौ तर पनि दिल खोलेर हामीलाई चेपाङ समुदायले सहयोग गरे फल स्वरुप हामीले देउसीबाट २३ हजार ४ सय पैतालिस संकलन गर्न सफ भएको आमा समुहकी अध्यक्ष कमला चेपाङले बताए । उठेको पैसा सामुदायीक भवन निर्माणका लागि खर्च गरिने उनले बताए ।

0 comments for "देउसीको पैसा सामुदायीक भवन निर्माणमा लगाईने "

Leave a reply

    Popular Posts

    Blog Archive