Published On:Saturday, November 1, 2014
Posted by dadad
शिक्षक कल्याणको वार्षिक मुनाफा १ लाख ९८ हजार रुपैयाँ
१५ कार्तिक, धादिङ । शिक्षक कल्याण बचत तथा क्रण सहकारी संस्था लिमिटेड
निलकण्ठ ३ धादिङको चौथो वाषिक साधारण सभा धादिङबेसीमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष केशरी प्रसाद पन्तको सभापतित्व रहेको कार्यक्रममा पुर्व
खेलकुद मन्त्री तथा एकिकृत नेकपा माओवादीका पोलिटव्युरो सदस्य एवम्
धादिङ,नुवाकोट रसुवाका ईन्चार्ज हित वहादुर तामाङको प्रमुख आतिथ्य रहेको
थियो ।
कार्यक्रममा एनेकपा माओवादीका केन्द्रिय सदस्यहरु पुष्पविक्रम मल्ल, कल्पना
धमला, एनेकपा माओवादी धादिङका अध्यक्ष राम वहादुर भन्डारी, उपाध्यक्ष राजु
नेपाल बिकास , सचिव धन वहादुर वुर्लाकोटी बिजय, अखिल नेपाल शिक्षक संगठनका
केन्द्रिय महासचिव शंकर अधिकारी, जिल्ला अध्यक्ष अर्जुन नगरकोटी लगायत
संस्थामा आवद्ध सेयर सदस्यहरु, पार्टीका नेता कार्यकर्ता सुभचिन्तकहरुको
सहभागिता रहेको थियो ।
जनताले सोचे जस्तो संविधान समयमा नदिन नेपाली काँग्रेस र नेकपा एमालेले
चलखेल गरिरहेकोले जनता आफै सचेत रहन समेत तामाङले आग्रह गरे। विगतमा गरेका
सहमतीहरुलाई उल्टाउदै वखेडा निकालेका कारण तोकिएकै समयमा संबिधान पाउनेमा
संका रहेको तामाङको भनाई थियो ।