Published On:Saturday, November 1, 2014
Posted by dadad

अब आन्दोलनको आँधिवेहरीः प्रचण्ड

१५ कार्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिका लागि सत्तारुढ दलहरु गम्भिर नभएको भन्दै आन्दोलनको आह्वान गरेका छन् ।

विगतको उपलब्धिलाई संस्थागत गर्दै सहमति गर्न बाँकी रहेका विषयमा सहमति खोज्नुपर्ने समयमा हाँसिल भैसकेको सहमति पनि उल्ट्याउने दिशातर्फ नेपाली काँग्रेस र नेकपा एमाले उद्धत रहेको अध्यक्ष प्रचण्डको भनाई छ ।

नेवाः राष्ट्रिय मुक्ति मोर्चा ललितपुरले शनिबार विहान राजधानीमा गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले विगतमा भएका १० वर्षिय जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई समाप्त पार्ने खेलमा काँग्रेस र एमाले लागेको आरोप लगाए । प्राप्त भएका उपलब्धिहरु संघियता, धर्मनिरपेक्षता लगायत उपलब्धिहरु काँग्रेस र एमालेकै कारण गुम्न लागेको भन्दै उनले आन्दोलनमा होमिन तयारी रहन सबैसँग आग्रह गरे ।

काँग्रेस र एमालेले सहमतिलाई लत्याउँदै संघीयता, धर्मनिरपेक्ष्ता र पहिचानको मुद्धालाई मेट्न उद्धत रहेको भन्दै उनले आन्दोलनको विकल्प नरहेको उद्घोष गरे । मुलुक षड्यन्त्रकारीको खेलमा अघि बढिरहेको भन्दै उनले काँग्रेस र एमालेको अवसरवादी चरित्रका विरुद्ध एकजुट भएर आन्दोलनमा उत्रन सबैसँग अपिल गरे ।

0 comments for "अब आन्दोलनको आँधिवेहरीः प्रचण्ड"

Leave a reply

    Popular Posts

    Blog Archive