Published On:Saturday, November 15, 2014
Posted by dadad
जलकन्यालाई १० लाख रुपैयाँ जापानी सहयोग
किशोर अधिकारी, धादिङ । धादिङको जोगिमारामा रहेको जलकन्या प्राथमिक विद्यालयलाई १० लाख रुपैयाँ जापानी सहयोग प्राप्त भएको छ ।
जापानको एसियन फ्रेन्डसिप नेटर्वक का जापान प्रतिनिधि इसिमारू र संथाका नेपाल प्रतिनिधि गणेशमान लामाले बिद्यालयका प्रःअ बासुदेव सापकोटा र बि ब्या स अध्यक्ष बिर बहादुर चेपाङलाई रकम हस्तान्तरण गरेका हुन् ।
संस्थाले भवन निर्माण र फर्निचरको लागि दशलाख दिने सम्झौता गर्दै छ कोठे भवनको आजै शिलान्यास गरेको बताईएको छ ।
कार्यक्रममा नेपाल चेपाङ संघका केन्द्रीय सदस्य तिलक चेपाङ, शिक्षाप त्रकार समुह काठमान्डौका केन्द्रीय सदस्य प्रकाश सिलवाल, दलका प्रतिनिधिहरू, अबिभाबक हरुको उपस्थिति थियो ।
चेपाङ समुदायको बाहुल्यता रहेको विद्यालयमा कक्षा ३ सम्म पढाई हुन्छ ।