Published On:Saturday, November 15, 2014
Posted by dadad

फागुन १ गते माओवादीको विप्लप समूले १० चौकी ध्वस्त बनाउदै

काठमाडौं । नेकपा माओवादी नेत्रविक्रम चन्द विप्लप पक्षले यहि फागुन १ गतेदेखी भुमिगत संघर्षको औपचारिक सुरुवात गर्ने भएको छ । फागुन १ गते चन्द पक्षले देशका विभिन्न १० वटा चौकी हानेर ध्वस्त बनाउने र त्यसपछि औपचारिक भुमिगत संघर्षको घोषणा गर्ने स्रोतले बताएको छ । 

संविधानसभाबाट नै पहिचान सहितको संविधान निर्माणमा सत्तारुढ दलहरु गम्भिर नभएको भन्दै पहिचान पक्षधरहरुको विरोध सुरु भैरहेको समयमा चन्द पक्षको संघर्षलाई महत्वपूर्ण रुपमा लिएको छ ।

यसअघि तत्कालिन नेकपा माओवादीले जनयुद्धको सुरुवात गर्दा पनि एमाले काँग्रेस लगायत शक्तिहरुले त्यो सफल नहुने अभिव्यक्ति दिएको र अन्ततः सफल भएको ईतिहासलाई सम्झिएर विभिन्न पक्षले देश द्धन्दमा फस्ने शंका गर्न थालेका छन् । पहिलो संविधानसभाबाट संविधान बनाउन नसकेपछि दोस्रो संविधानसभामा सामेल नभएको माओवादीको विद्रोहले उग्र रुप लिन सक्ने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रि शक्तिहरुले अनुमान गरेका छन् ।

यसअघि चन्द पक्षले कपिलबस्तुको एक जंगलको बिचमा गोप्य भेला गरेर आगामी रणनीतिका विषयमा छलफल गरिसकेको छ । बैद्य नेतृत्वको नेकपा माओवादीभित्रको चन्द पक्षको भुमिगत संघर्षको सुरुवात र एकीकृत माओवादीको शान्तिपूर्ण आन्दोलनको विषयलाई निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ । चन्द पक्षले माओको बादलाई नभई चेगोब्राबादलाई अघि बढाउने स्रोतको दाबी छ ।

0 comments for "फागुन १ गते माओवादीको विप्लप समूले १० चौकी ध्वस्त बनाउदै"

Leave a reply

    Popular Posts

    Blog Archive