Published On:Sunday, November 16, 2014
Posted by dadad
बङ्कर खोज्दै प्रचण्ड रोल्पा गएः केपी ओली
२० कार्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओलीले एकीकृत माओवादी संविधान निर्माणका विषयमा गम्भिर नभएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो व्यवहारप्रति असन्तुष्ट व्यक्त गरेका छन् ।
सहमतिको वातावरण बन्दाबन्दै पनि प्रचण्ड बङ्कर खोज्दै रोल्पा पुगेको उनको आरोप छ ।
राजधानीमा आइएतबार भएको पार्टी निकट नेपाल निमार्ण उद्योग परिषदको प्रथम राष्ट्रिय अधिवेशनमा एकीकृत माओवादी अध्यक्ष प्रचण्ड सहित अन्य दलहरुको धम्कीले आफुहरु नडगमगाउने बताए । सहमति नभए प्रक्रियामा गएर भएपनि संविधान जारी गर्ने विषयमा आफुहरुलाई कसैले पनि रोक्न नसक्ने उनको भनाई थियो ।
अधिवेशनमा देशभरबाट झण्डै ३ सय १३ प्रतिनिधि र २ सय ७८ जना पर्यवेक्षकहरु सहभागी छन् । लंक के.सीको अध्यक्षतामा ३३ समितिको कार्य समिति सम्मेलनले गठन गरेकोको उद्योग परिषदका प्रचार संयोजक केदार कडेलले बताए ।