Published On:Saturday, November 1, 2014
Posted by dadad

सहमति नभए प्रक्रियामा संविधानः उपप्रधानमन्त्री सिंह

१५ कार्तिक, काठमाडौं । उपप्रधानमन्त्री एवम् संघिय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले दलहरुका विच विवादित विषयमा सहमतीको लागि अधिक प्रयास गर्दा पनि नभए प्रक्रियामा गएर भएपनि संविधान जारी गर्नुपर्ने बताएका छन् ।

शनिबार रेडन कलेजले १७ औं एसियाडमा नेपालका लागि एक मात्र कास्य पदक दिलाउन सफल खेलाडी विमला तामाङ्लाई सम्मान गरेको कार्यक्रममा मन्त्री सिंहले विवादित विषयमा सहमती जुटाउन शनिबारको दिन निर्णायक भएको भन्दै सकेसम्म सहमतीको लागि प्रयास गर्ने बताए ।

कार्यक्रममा नेपालका लागि १७ औं एसियाडमा एक मात्र कास्य पदक दिलाउन सफल खेलाडी विमला तामाङ्लाई नगद ५० हजार सहित सम्मान गरिएको थियो । विमला रेडन कलेजमै कक्षा ११ मा अध्ययनरत छिन् । उनका प्रशिक्षक ध्रुवविक्रम मल्ललाई पनि सम्मान गरिएको छ । 

त्यस्तै उच्च माध्यमिक शिक्षा परिषदका निमित्त सदस्य सचिव नारायण प्रसाद कोइराला, रेडन स्कुल तथा कलेजका प्रबन्ध निर्देशक बुद्धि प्रसाद पुडासैनी, रेडन स्कुल तथा कलेजका प्रिन्सिपल  प्रा.डा. देविदत्त पौड्याल लगायतले विमलालाई बधाई तथा शुभकामना दिएका थिए ।

0 comments for "सहमति नभए प्रक्रियामा संविधानः उपप्रधानमन्त्री सिंह "

Leave a reply

    Popular Posts

    Blog Archive