Published On:Thursday, April 16, 2015
Posted by Tekman Shakya

संविधानसभाले लगातार ३ पटक शोक प्रस्ताव पारित गर्ने

३ बैशाख, काठमाडौं । संविधानसभाका जेष्ठ सदस्य तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको निधन संगै संविधानसभाको बैठक लगातार ३ पटक शोक प्रस्ताव पारित गर्दै स्थगित हुने भएको छ । 

बैठक स्थगित हुने भएपछि समाध्यक्ष सुभासचन्द्र नेम्वाङले दिएको बैशाख ६ गतेसम्मको समय लम्बिने भएको छ । सहमतिका लागि दलहरुले थप समय पाउने भएका छन् ।

यसअघि चैत २३ गतेका लागि बोलाईएको बैठक स्वाईन फ्लुबाट निधन भएका नेकपा एमालेका नेता रामनाथ ढकालको शोक प्रस्ताव पारित गर्दै ३० गतेसम्मका लागि सारिएको थियो ।

३० गतेका लागि आह्वान गरिएको बैठक पनि शोक प्रस्ताव गरेरै स्थगित भयो । ३० गतेका लागि डाकिएको बैठकमा एमालेका पूर्व सांसद तथा विभिन्न पार्टी हुँदै एकीकृत माओवादीमा पुगेका सलिम मिया अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै ६ गतेसम्मका लागि स्थगित गरिएको हो ।

संविधानका विवादित विषयलाई सहमति वा सहमति नभए प्रक्रियामा गएर भएपनि बैशाख ६ गतेभित्र टुङ्ग्याउन दलहरुलाई सभाध्यक्ष नेम्वाङले आग्रह गरेका थिए । एकीकृत नेकपा माओवादी लगायत विपक्षी मोर्चा सहमतिकै आधारमा संविधान जारी गर्नुपर्ने भनिरहेको छ भने, सत्तारुढ दलहरु प्रक्रिया अवलम्बन गर्ने मनस्थितिमा छन् ।

0 comments for "संविधानसभाले लगातार ३ पटक शोक प्रस्ताव पारित गर्ने"

Leave a reply

    Popular Posts

    Blog Archive