Published On:Wednesday, April 15, 2015
Posted by dadad
दिल्लीमा निधन भएका सूर्यबहादुर थापाको पार्थिव शरीर आज नेपाल ल्याइने

राप्रपा सहायक प्रवक्ता किरण गिरीका अनुुसार थापाको पार्थिव शरीर नेपाल ल्याएपछि मालीगाउँस्थित निवासमा राखिनेछ । त्यसपछि श्रद्धान्जलीका लागि पार्टी कार्यालय वा कुनै स्थानमा राखिनेछ ।
यसबारे छलफल गर्न विहान ९ बजे राप्रपा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको छ ।
थापाको उपचारका क्रममा नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा बुधबार राति निधन भएको थियो ।