Published On:Wednesday, April 1, 2015
Posted by Unknown
गोविन्द केसीका यी माग सरकारले पूरा गर्न नसक्ने
१९ चैत, काठमाण्डौ । डाक्टर गोविन्द केसीले उठाएको १० बुदेँ मागमध्ये शिक्षामन्त्री चित्रलेखा
यादवसहित त्रिवि, केयु र मेडिकल काउन्सिलका पदाधिकारीलाई हटाउने बाहेकका
सबै माग सरकारले सम्बोधन गरेको सरकारी पक्षले जनाएको छ । कान्तिपुर दैनिकमा
समाचार छ ।
विद्यमान कानुनले स्वायत्तता दिएका निकायका पदाधिकारीहरुलाई हटाउन नसकिने सरकारको तर्क छ ।
कुलपतिको हैसियतले प्रधानमन्त्रीले हटाउन सक्नुहोला । तर कानुन विपरीत
हटाउँदा उनीहरुलाई अदालतले २४ घण्टाभित्रै पूर्नवहाली गर्न सक्छ, सरकारी
पक्षको भनाई थियो, त्यसरी पुर्नवहाली भएका पदाधिकारी पहिलाको भन्दा झनै
बलिया हुन्छन् ।