Published On:Wednesday, April 1, 2015
Posted by Unknown

फोहर व्यवस्थापनको जिम्मा निजीलाई

१९ चैत, काठमाण्डौ । स्थानीय विकासमन्त्री प्रकाशमान सिंहको निर्देशनमा काठमाडौं महानगरपालिकाले विना टेण्डर फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने तयारी गरेको छ । महानगरका एक अधिकारीका अनुसार, २० औं नगरपरिषदको निर्णय उल्ट्याएर महानगरमा दर्ता नै नभएका संघसंस्थालाई बिना टेण्डर फोहोर उठाउने जिम्मेवारी दिन लागिएको हो । कान्तिपुर दैनिकमा समाचार छ ।

'फोहोरमा ठूलो आर्थिक चलखेल हुँदैछ, 
मन्त्रीकै महानगरका प्रवक्ता शान्तराम पोखरेलले प्रक्रिया पुर्‍याएर फोहोर व्यवस्थापनको जिम्मा नीजि क्षेत्रलाई दिन लागेको बताए । 'प्रक्रियाका विषयमा छलफल भइरहेको छ', उनले भने ।

टेण्डर प्रक्रियाबारे अघिल्ला परिषदमा पटक- पटक निर्णय गरिए पनि अन्तिम टुंगोमा नपुग्दा समस्या आएको उनको भनाई छ । यस पटक भने जुनसुकै प्रक्रियाबाट पनि फोहोर व्यवस्थित गरिने उनले दाबी गरे । स्थानीय विकास मन्त्री सिंहका प्रेस संयोजक युपी लामिछानेले विधि र प्रक्रिया पुर्‍याएर फोहोर व्यवस्थापन गर्न निर्देशन दिएको बताए । 'महानगर सफा हुनपर्छ भन्ने मात्रै मन्त्रीज्यूको चासो हो' उनले भने ।

महानगरपालिका वातावरण विभागका प्रमुख ज्ञानेन्द्र कार्कीले टेण्डर आव्हान नगरी कुनै पनि प्रक्रिया अघि नबढ्ने बताए । 'विधि विद्यान पुरा नगरी हचुवाका भरमा हामी कुनै पनि काम गर्दैनौं' उनले भने । हाल महानगरले दैनिक ३ सय टन भन्दा बढी फोहोर व्यवस्थापन गर्दै आएको छ ।
निर्देशनमा कार्यकारी प्रमुखले निजी क्षेत्रका संघसंस्थासँग तीन पटक छलफल गसिकेका छन्' स्राेतले भन्यो 'दर्ता नभएका संघसंस्थालाई वैधानिकता दिने काम हुँदैछ ।' २० औं नगरपरिषद्ले उपत्यकाको फोहोर टेण्डर प्रक्रियाद्वारा व्यवस्थापन गर्ने निर्णय गरेको थियो । तत्कालीन कार्यकारी अधिकृत लक्ष्मण अर्यालले महानगरको फोहोर व्यवस्थापन गर्न टेण्डर आव्हान गर्ने तयारी गरेका थिए ।

0 comments for "फोहर व्यवस्थापनको जिम्मा निजीलाई"

Leave a reply

    Popular Posts

    Blog Archive