Published On:Wednesday, April 1, 2015
Posted by Unknown

नेपाल टिचिङ पुग्दा किन भयो नाराबाजी

१९ चैत, काठमाण्डौ । एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बुधबार एक बिरामीको स्वास्थ्य अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल पुग्दा डा. गोविन्द केसीको समर्थनमा रहेका विद्यार्थी र आन्दोलनकारीको घेराउमा परेका छन् । १० दिनदेखि आमरण अनशनरत डा. केसीको माग पूरा नभएकामा आक्रोशित आन्दोलनकारीले नेता नेपालविरुद्ध नाराबाजी गरेका थिए । कान्तिपुर दैनिकमा समाचार छ ।

गृहजिल्ला रौतहटका एक बिरामी भेट्न गएका नेपालसँग आन्दोलनकारीले अनशनका बारेमा एमालेको धाराणा माग गरेपछि नेपालले मापदण्ड नपुगेकालाई सम्बन्धन दिन नहुनेमा आफ्नो समर्थन रहेको बताएका थिए । 'डा. केसीका माग ठीक छन्, जति पनि माफिया छन् तिनको सञ्जाल तोडनुपर्छ । भ्रष्टाचार, अनियमितता रोक्ने र गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरामा मेरो पनि समर्थन छ,' उनले भने, 'तर यहाँ मनमोहन अधिकारीको नामको विरोध किन हुन्छ ?' डा. केसी आमरण अनशनका सन्दर्भमा एमालेलाई जबर्जस्ती बदनाम गर्ने प्रयास भएको भन्दै नेपालले आपत्ति जनाए ।

'मापदण्ड पुग्दैन भने बीपी, गणेशमान, गिरिजा, पुष्पलाल, मनमोहन जोसुकैको नाम भए पनि सम्बन्धन पाउनु हुँदैन,' नेता नेपालले भने, 'तर मापदण्ड पुगेको छ, पुर्‍याउँछु भन्छ भने त्यसको अगाडि के नाम जोडियो भन्ने आधारमा विरोध गर्न मिल्दैन ।'

0 comments for " नेपाल टिचिङ पुग्दा किन भयो नाराबाजी"

Leave a reply

    Popular Posts

    Blog Archive