Published On:Wednesday, April 1, 2015
Posted by Unknown

रेखासँगको तुलनालाई मैले ‘सिरियसली’ लिएको छैन: शिल्पा


निर्माता छवि ओझा र उनकी पूर्व पत्नी एवम् अभिनेत्री रेखा थापाका कारण  शिल्पाको फिल्म नगरीमा विशेष चर्चा छ। छविले रेखालाई देखाउनकै लागि शिल्पालाई फिल्ममा ल्याएको बताइन्छ। जसका कारण उनको तुलना रेखासँग गरिन्छ। तर, फिल्म बजारमा जे-जस्तो चर्चा चले पनि शिल्पा भने त्यस किसिमको तुलनालाई ‘सिरियसली’ नलिएको बताउँछिन्।
‘मैले ती कुरालाई त्यस्तो सिरियसली लिएकै छैन। १२ वर्षसम्म रेखाजीले यही व्यानरमा काम गर्नुभो। एक्कासी १२ वर्षपछि अर्को नायिका आएर डेब्यू गर्दा मान्छेहरुलाई त्यस्तो लागेको हो।’
आफ्नो तेस्रो फिल्म ‘फागु’को सुटिङ् सकेर नयाँ वर्षको पूर्व सन्ध्यामा चैत २७ गते रिलिज हुन लागेको दोस्रो फिल्म ‘हवल्दार सुन्तली’को प्रचारमा शिल्पा पोखरेल यतिबेला व्यस्त छिन्। ‘फागु’को सुटिङ्का कारण विरगन्जको घामले केही काली बनेकी शिल्पा आफ्नो दोस्रो फिल्मले नयाँ उचाइ लिनेमा विश्वस्त देखिन्छिन।

‘हवल्दार सुन्तली’मा आफ्नै पुरुष सहकर्मीबाट बलात्कृत भएकी प्रहरी हवल्दार सुन्तली धामीको कथामा आधारित भएको फिल्ममा उनी ‘सुन्तली’को भुमिकामा अभिनय गरेकी छन। उनले सुन्तलीको भुमिका निर्वाह गरेतापनि  फिल्मका लागि सुन्तली धामीलाई प्रत्यक्ष रुपमा भने नभेटेको बताएकी छन्।
उनले भनिन, ‘मैले भेटेको छैन। ऋषि दाइले (निर्देशक) भेट्नु भएको छ। उहाँले नै ऊ यसरी हिड्छ, यसरी खान्छ, यसरी उठ्छ भनेर बताउनु भएको थियो। तिमीले मैले भने जसरी अभिनय गर भनेर बताउनु भएको थियो। मैले पनि उहाँले भने अनुसार नै सुन्तलीको चरित्रलाई निभाएकी छु।’

पहिलो फिल्म ‘लज्जा’बाट हिट डेब्यू गरेकी शिल्पा आफ्नो दोस्रो फिल्मबाट पनि उत्तिकै उत्साहित छिन्। शिल्पाले ‘हवल्दार सुन्तली’ आफ्नो पहिलो फिल्म ‘लज्जा’ भन्दा फरक रहेको पनि बताउँछिन। ‘पहिलो फिल्म एउटा बाध्यात्मक कारण यौनकर्मी बन्न पुगेकी नारीको प्रेमकथा थियो भने यो रिभेन्ज लभस्टोरी हो। यसमा एक्सन छ।’
त्यस्तै शिल्पाका अनुसार फिल्मको स्क्रिप्ट र प्रस्तुति धेरै राम्रो हुनु नै फिल्म चल्ने आधार हो। उनले पहिलो फिल्मबाट व्यवसायिक रुपमा सफलता हासिल गरे पनि फिल्ममा आफ्नो कमजोरी रहेको स्वीकार गरिन। उनले अघिल्लो फिल्ममा आफू केही मोटी देखिएको र अभिनयमा पनि सुधार गर्नुपर्ने ठाँऊहरु भेट्टाएको बताइन।
‘म दर्शकको प्रतिक्रिया बुझ्न मास्क लगाइ लगाइ एक्लै हल हलमा गएँ र उनीहरुको प्रतिक्रिया पनि सुने। मेरो के कमजोरी रहेछ पत्ता लगाए। मलाई केही मोटी देखिएको प्रतिक्रिया उनीहरुले दिएँ। फिल्ममा मैले अभिनयमा अझ सुधार गर्नुपर्ने  पनि महशुस गरे। दोस्रो फिल्ममा मैले त्यसलाई सकेसम्म सुधार्ने प्रयास गरेको छु।’
फिल्मको गीतसंगीतको चर्चाले पनि उनी फिल्मले राम्रो गर्नेमा उत्साहित छिन्। फिल्ममा उनले गरेको एक्सनले उनलाई ‘एक्सन लेडी’को रुपमा स्थापित गर्नेमा शिल्पा ढुक्क छिन्।
रेखा थापाले फिल्ममा नायिकाहरु नचल्नुको पछाडि उनीहरुको अनुहार म्यूजिक खेलेर पुरानो भइसक्नुलाई पनि मान्छिन। फिल्ममा सफल हुन ‘फ्रेस फेस’ हुनु जरुरी छ भन्ने भनाइ उनको छ नि भन्नेमा  म्यूजिक भिडियोबाटै आएकी शिल्पाले उक्त भनाइमाथी सहमती जनाइनन।
‘मैले फिल्म आउनु अघि फिल्मका लागि चाहिने धेरै कुराहरु म्यूजिक भिडियोबाट नै सिकेर आँए। म स्ट्रगल गरेर आँए। छविजीले मलाई ह्वातै उठाएर ल्याउनु भएको हैन। मेरो भिडियोको अभिनय मनपराएर ल्याउनु भयो। त्यसैले मलाई त्यस्तो लाग्दैन।’@setopati
 

0 comments for "रेखासँगको तुलनालाई मैले ‘सिरियसली’ लिएको छैन: शिल्पा"

Leave a reply

    Popular Posts

    Blog Archive