Published On:Thursday, November 20, 2014
Posted by dadad

सौचालय छैन ? अब बस्न पाउनुहुन्न सार्वजनिक संघसंस्थामा !

४ मंसिर, नुवाकोट । नुवाकोटका कुनैपनि संघसंस्थामा घरमा शौचालय नभएका व्यक्तिहरुले आवद्धता जनाउन नपाउने भएको छ । 
संघसंस्थाको पदाधिकारीहरु सबैको घरमा शौचालय निर्माण भएको स्थानीय निकायको सिफारिस विना जिल्ला प्रशासन कार्यालयले संघ संस्था दर्ता नगर्ने निर्णय संगै यस्तो प्रावधान सुरु भएको हो ।

जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको अनुरोधमा जिल्ला प्रशासन कार्यालयमा संघ संस्था दर्ता गर्न आउनेले कागपत्रसंगै शौचालय निर्माण भएको भन्ने स्थानीय निकायको सिफारिस समेत ल्याउन अनिवार्य गरेको छ ।

जिल्ला विकास समिति अन्तर्गत गठन हुने विकास निर्माणको उपभोक्ता समितिका पदाधिकारीले पनि शौचालय बनाएको प्रमाणपत्र पेश गर्नुपर्ने र त्यसो नगरेमा निकासा समेत रोकिने भएको छ ।

आगामी सन् २०१७ को जुन महिना भित्रमा खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने अभियानलाई तिव्रता दिनका लागी नुवाकोटमा यो निर्णय लागु भएको जिल्लास्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष राजेन्द्रकुमार केसीकले बताए ।

0 comments for "सौचालय छैन ? अब बस्न पाउनुहुन्न सार्वजनिक संघसंस्थामा !"

Leave a reply

    Popular Posts

    Blog Archive