Published On:Monday, January 5, 2015
Posted by Unknown
विप्लवको पार्टी अर्धभूमिगत !
२२ पौष, काठमाण्डौ -नेत्रविक्रम चन्द विप्लवको नेतृत्वको नेकपा माओवादी अर्धभूमिगत शैलीमा चलिरहेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
भावी स्वरुप र खाकाबारे ठोस निष्र्कष लिन सो पार्टीको राष्ट्रिय सम्मेलन बुधबारबाट सुरु हुदैछ । पूर्णत गोप्य राख्ने भन्दै स्थान नखुलाएपनि मौसमले साथ नदिएपछि सम्मेलन दाङमा गर्ने सो पार्टीको तयारी छ ।
वैद्यसँग हुँदै विप्लव समूहद्धारा १८ कात्तिकको राति देशभर वालपेन्टिङ गर्नु, कपिलबस्तुको शिवगढीमा २६ र २७ कात्तिकमा गोप्य भेला गर्नु, ११ देखि १३ मंसिरसम्म भएको बैठकमा विप्लवको नेतृत्वमा नेकपा माओवादी गठन र सात सदस्यीय हेडक्वाटर र ६५ सदस्यीय राष्ट्रिय सम्मेलन बनाएपनि नाम भने सार्वजनिक गरिएन ।