Published On:Thursday, January 22, 2015
Posted by Unknown

बानेश्‍वरमा दिनभरि रमिता


९ माघ, काठमाण्डौ- निर्धारित समयमा संविधान जारी गर्नुपर्ने माग राखेर विभिन्न राजनीतिक दल, समूह तथा संगठनले बिहीबार नयाँबानेश्वर केन्द्रित घेराउ तथा प्रदर्शन गर्दा आन्दोलनकारीभन्दा रमिते बढी देखिन्थे। 
बिजुलीबजार, बबरमहल, मीनभवन तथा पुरानो बानेश्वर जाने बाटोमा आन्दोलनकारीले प्रदर्शन केन्द्रित गरेका थिए। आन्दोलनमा सहभागी दल र समूहका कार्यकर्ताले गरेको नाराबाजी र नाचगान हेर्न उपस्थित रमिते धेरै देखिन्थे। नयाँबानेश्वर चोकमा आफ्नै काममा ओदोरदोहोर गर्नेको चहलपहल थियो।
 
'संविधान त के आउँथ्यो', बिजुलीबजारमा भेटिएकी ललितपुर ठहिटीकी ४५ वर्षीया रमिता श्रेष्ठले भनिन्, 'संविधान दिन नसक्ने दलका कार्यकर्ताले कस्तो नाचगान गर्छन् भनेर हेरेको।'
 
एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी, आदिवासी जनजाति महासंघ, नेपाल राष्ट्रिय गलैंचा मजदुर संघ, शेर्पा प्रदेश संयुक्त संषर्घ समिति, दलित अधिकारकर्मी, संयुक्त महिला संघर्ष समिति, दलित नागरिक समाज, युवा संगठनलगायतले बिजुलीबजार क्षेत्रमा नाराबाजी र नाचगान गरेका थिए। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
 

0 comments for "बानेश्‍वरमा दिनभरि रमिता"

Leave a reply

    Popular Posts

    Blog Archive