Published On:Tuesday, January 27, 2015
Posted by Unknown
गोरखामा सय नं मा फोन गरेर प्रहरीलाई जिस्क्याउने पक्राउ
गोरखाका दुईजना, छिमेकी जिल्ला लम्जुङ र धादिङका एक-एकजना गरी चारजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक रेशमलाल रेग्मीले जानकारी दिनुभयो ।
सय नम्बरमा मोबाइल वा फोन सेटबाट फोन गर्दा पैसा नलाग्ने भएकाले उनीहरूले बारम्बार लगातार फोन गरेर पुलिस जिस्क्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ ।
प्रहरीले पुलिस जिस्क्याएको आरोपमा गोरखा नगरपालिका–४ की सङ्गीता उपरकोटी, केराबारी गाविसका सुकबहादुर विश्वकर्मा, लम्जुङ गैँडा गाविसका कुमार विश्वकर्मा तथा धादिङ धुवाँकोट गाविसकी रीता लामालाई पक्राउ गरेको जनाएको छ । १०० नम्बरमा फोन गरेर जिस्क्याउने, झुठा सूचना दिने अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरूमध्ये अधिकांशले एनसेल मोबाइल सेवा प्रदायक कम्पनीको सिम बोकेको प्रहरीले जनाएको छ । गत एक वर्षअघिदेखि जिल्ला प्रहरी कार्यालय गोरखामा रहेको आकस्मिक फोन सेवामा जिस्क्याउने, झुठा सूचना दिने फोन आउन थालेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
पक्राउ परेका उनीहरूलाई अनुसन्धान गरेर अबदेखि यस्तो नगर्ने सर्तमा छाड्ने तयारी प्रहरीले गरेको छ । “गल्ती नदोहो¥याउने सर्तमा छाड्छौँ”, प्रहरी निरीक्षक रेग्मीले भने । रासस