Published On:Tuesday, January 27, 2015
Posted by Unknown

नाचेर पुरुषको मन बहलाइ दिने महिला रोबर्ट (फोटो फिचर )

 प्रविधिले यति धेरै फड्को मारिसकेको छ कि हामीलाई सधै अचम्म पारिदिन्छ | पानीमुनी जाने देखि आकाशमा उड्ने, अझ अन्तरिक्षमा जान सम्म प्रविधिले सम्भव गराएको छ | 
जसरि चराको नक्कल गर्दै प्लेन बनाए, माछाको नक्कल गर्दै पानी मुनि जान, पौडनको लागि सम्भब बनाए, त्यस्तै बैज्ञानिकहरुले अहिले मान्छेकै नक्कल गर्दै कृतिम मान्छे नै बनाउन थालेका छन् |
बैज्ञानिकहरु मान्छेको जस्तै व्यवहार गर्ने रोबर्टको आविष्कारमा जुटिरहेका छन् | यस्तो रोबर्ट जसले मान्छेले गर्न नसक्ने कार्यहरु पनि सजिलै संग गर्न सकोस | मर्निंग वाकमा साथि बन्ने, खाना बनाउने जस्ता धरै मान्छेले गर्ने काम गर्न सक्ने रोबर्ट बनिरहेका छन् |
जापानमा यस्ता रोबर्ट तयार गरिएको छ जसले महिलाले जस्तै गरि नाचेर पुरुषहरुको मन बहलाउने भएका छन् | राजधानी टोकियोको रेड लाइट एरियामा हाल यस्ता रोबर्ट ४ वटा राखिएका छन् | ठ्याकै महिला जस्तै देखिने यी रोबर्ट तयार गर्न ३ वर्ष लागेको थियो |
मानिसको व्यवहार संग लगभग मिल्ने यी रोबर्टको उचाई ३.६ मिटर छ | यी रोबर्ट बनाउन १० बिलियन येन अर्थात् १२.५८ करोड डलर लागेको थियो | रोबर्ट कम्पनी र रोबोर्ट राखिएको रेस्टुरेन्टबीच ३ बर्षका लागि सम्झौता गरिएको छ | सामान्य महिला जस्तै देखिने यी रोबोर्टको कपाल रातो छ भने आँखा निला छन् | शरिरको रंग गहुगोरो छ भने पुरुष ग्राहकहरुलाई आकर्षित पार्न यीनिहरुको स्तन ठुलो बनाइएको छ |
रेस्टुरेन्टका नर्तकी ( नाच्ने महिला)ले ग्राहकको इच्छा अनुसार नचाउने यी रोबर्ट रिमोट कन्ट्रोलबाट चल्ने गर्दछन | घन्टौ सम्म नाच्ने यी रोबर्टहरु ग्राहक संग टिप्स लिने पनि जाने गरेका छन् |

0 comments for "नाचेर पुरुषको मन बहलाइ दिने महिला रोबर्ट (फोटो फिचर )"

Leave a reply

    Popular Posts

    Blog Archive