Published On:Wednesday, January 21, 2015
Posted by dadad

एक सिक्का सहयोगले विपन्नलाई राहत

शर्मिला परियार ।
काठमाडौँ । धादिङ जोगीमाराका विपन्न ८१ घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।

 नविनतम नेपालको समाजले काठमाडौँका सडकहरुमा संचालन गरेको ‘हामी नेपाली एक ढिक्का सहयोगका लागि एक सिक्का’ अभियान अन्तर्गत जोगीमाराका विपन्न चेपाङ र दलित समुदयालाई  कपडा वितरण गरेको हो ।

शनिवार जोगिमारा गाविसको पिपलडाँडामा कार्यक्रम गरी स्थानीय ८१ घर परिवारका ४० जना अति विपन्न जेष्ठ नागरिकलाई कम्बल र अन्य २ सय ९ जना महिल्ला पुरुषका लागि छुट्टाछुट्टै कपडाहरु हस्तान्तरण गरिएको हो । 

यसरी दिईएका कपडाहरुमा महिलाका लागि ४० थान नयाँ साडीका साथै ज्याकेट र पुरुषका लागि सर्ट, पाईन्ट ज्याकेट लगायतका ७० हजार रुपैयाँ बराबरको नयाँ कपडा रहेको संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

चेपाङ बस्तीका बासिन्दा चिसोका कारण अत्यन्तै कष्टकर जीवन बिताउन बाध्य भएको सुनेपछि आफुहरुले ‘हामी नेपाली एक ढिक्का सहयोगका लागि एक सिक्का’ अभियान संचालन गरी सहयोग संकलन गरेको संस्थाका कार्यक्रम संयोजक भोला तिमिल्सिनाले बताए ।

साथै आफूहरुको यो अभियानबाट प्रभावित भई केही सहयोगी दाताहरुले सहयोग गरेपछि झन् सहज भएको उनले बताए । जाडोमा न्याना कपडा पाएपछि विपन्न चेपाङहरु भने खुसी भएका थिए । यसैबिच सहयोग संकलन अभियानको क्रममा संगीतकार दिपक शर्मा, गायक रुपक डोटेल, गायक थानेश्वर गौतम, राज मानन्धर लगायतका कलाकारहरुको पनि सहभागिता रहेको थियो ।

यसैगरी उक्त चेपाङ समुदायमा खानेपानीको चरम समस्या रहेको पनि सो अवसरमा चेपाङबासीले गुनासो पोखेका थिए ।

0 comments for "एक सिक्का सहयोगले विपन्नलाई राहत "

Leave a reply

    Popular Posts

    Blog Archive