Published On:Monday, January 26, 2015
Posted by dadad

काँक्रेविहारको पुनःनिर्माण हुने

१२ माघ, वीरेन्द्रनगर । नेपालकै बहुचर्चित पुरातात्विक स्थल काँक्रेविहारको पुनःनिर्माण हुने भएको छ । पुरातत्व विभागले राष्ट्रिय योजना आयोगबाट काँक्रेविहार पुनःनिर्माणका लागि बजेट र योजना स्वीकृत गरेपछि काँक्रेविहार बन्ने भएको हो । 

पुनःनिर्माणका लागि माघ महिनाभित्र बोलपत्र आह्वान गरी सम्झौता हुनासाथ काम सुरु हुने पुरातत्व विभागले जनाएको छ । बहुवर्षीय योजनामा राखेर रु नौदेखि रु ११ करोडसम्मको लागतमा काँक्रेविहार पुनःनिर्माण गरिने र तीन वर्षसम्ममा पूरा गर्ने योजना बनाइएको छ ।  

आयोगबाट स्वीकृति लिएपछि अर्थमन्त्रालयले बजेट निकास गर्ने भएकाले अब तीव्र गतिमा काम अघि बढ्ने विभागका महानिर्देशक भेषनारायण दाहालले बताए । शिखर शैलीमा पुनःनिर्माण हुने काँक्रेविहारको संरचनामा अहिले अवशेषका रूपमा रहेका संरचनालाई नै प्रयोग गरिने उनले जानकारी दिए ।

पुरानै अवस्थाको वास्तविक रूपरङ्गमा काँक्रेविहारको पुनःनिर्माण गरिने बताउँदै उनले कुनै फेरबदल नगरिकन जस्ताको तस्तै बनाउने जानकारी दिए । सभासद् हृदयराम थानीको विशेष पहलमा योजना आयोगले बहुवर्षीय योजनाअन्तर्गत काँक्रेविहार पुनःनिर्माणको स्वीकृति र अर्थमन्त्रालयले बजेट दिएको हो । 

काँक्रेविहार भग्नावशेषको २०५७ साल फागुन ११ गतेदेखि उत्खनन गरी दुई हजार २८ वटा पुरातात्विक वस्तुहरू निकालिएको थियो । 

उत्खननस्थलमा पुरातत्व विभागले २०६१ साल मङ्सिरदेखि शिखर शैली मन्दिर बनाउन काम सुरु गरिएको थियो । काँक्रेविहार कहिले र कसले बनाएको र कसरी भग्नावशेष भयो भन्नेबारे सबैको एकमत छैन । रासस

0 comments for "काँक्रेविहारको पुनःनिर्माण हुने "

Leave a reply

    Popular Posts

    Blog Archive