Published On:Tuesday, January 27, 2015
Posted by Tekman Shakya
बसन्तको पञ्चेवाजा (भिडियो सहित)
कृष्ण आचार्य,
पञ्चेवाजाका गीतको गायन तथा संकलन बाट आफुलाई चर्चाको शिखरमा पुराएका धौलागिरीका होनाहार प्रतिभा बसन्त थापाको ‘वारी घुम्टे पारी गाजा’ गीतको म्युजिक भिडियो निमार्ण पश्चात गीतले दर्शक माझ चर्चा कमाउन सफल भएको छ ।

धौलागिरीको पर्यटकीय स्थल ‘घुन्टे’ र ‘गाजा’ क्षेत्रको समेत बयान गरिएको गीतको दृश्य निमार्ण गर्नु पुर्व नै धौलागिरीमा स्रोताले अत्यधिक मन पराएका थिए ।
डाँडै फुर्के सल्लो, रुमाल हल्लाई हल्लाइ, नजाउ है सानु पँधेरीमा, अझै कन्य हो लागाएत धेरै चर्चा कमाउन सफल गीतमा लय संकलन गरेका बसन्तले धेरैलाई यो क्षेत्रमा स्थापीत गर्न मद्धत गरिसकेका छन ।
उनको यो गीत जिवन दर्शन सँग सम्बन्धीत रहेको र जिन्दगीको महत्वको समेत कल्पना गरिएको छ । साथै गीतको माध्यमबाट धौलागिरीका पर्यटकीय स्थलको समेत बयान गरिएको सर्जन थापाले बताएका ।
बसन्त थापाको लय तथा शव्द सिर्जना रहेको उनको पछिल्लो गीतमा स्वर स्वयम बसन्त थापा र जुना श्रीस मगरले दिएका छन ।
अभ्यास डिजिटले बजारमा ल्याएको गीतमा म्युजिक भिडियोको निर्देशन भने कुमार के.सी ले गरेका हुन । म्युजिक भिडियोमा पछिल्लो समय चर्चामा रहेका धेरै कलाकार तथा गायक र निर्देशक हरुलाई समेत देखाइएको छ ।
बसन्स थापाको चर्चित गीतको म्युजिक भिडियो
बसन्स थापाको चर्चित गीतको म्युजिक भिडियो