Published On:Friday, January 23, 2015
Posted by Unknown
संविधान नबनेको भन्दै नायिकाको बुबाद्वारा आत्महत्या

नेपाली काँग्रेस र नेकपा (एमाले) ले जसरी पनि माघ ८ मा संविधान जारी गर्छन् भन्दै उनले छिमेकीसँग बिहीबार दिउँसो बाजी राखेको र संविधान निर्माण नभएपछि उप्रेतीले बिरक्तिएर आत्महत्या गरेको हुनसक्ने इन्चार्ज कार्कीको भनाइ छ । आत्महत्या गर्नुअघि उप्रेतीले कुनै ‘सुसाइड नोट’ भने नलेखेको कार्कीले बताए ।
संविधान निर्माणका लागि सहमति जुटाउन संविधानसभा भवनमा बिहीबार अबेरसम्म संविधानसभाको बैठकमा सभासद्ले गरेको नाराबाजी टेलिभिजनमा हेर्दै बसेका उनी संविधानसभाको बैठक स्थगित भएसँगै घरबाट बाहिरिएको बताइएको छ । शौच गर्ने बहानामा घरबाट बाहिर निस्किएका उनी घरनजिकै रहेको छतिउनको रूखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी चौकी इन्चार्ज कार्कीले जानकारी दिए ।
उनको मेची अञ्चल अस्पताल भद्रपुरमा शव परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक उप्रेती नायिका युना उप्रेतीका बुबा हुन् । राप्रपा नेपाल पार्टीसँग आबद्ध रहेका उप्रेतीले आत्मदाह गरेसँगै सिङ्गो गोलधाप गाविस नै अहिले शोकमा डुबेको सङ्घीय लिम्बुवान् पार्टी नेपालका प्रेम घिमिरेले बताए । एक छोरा र तीन छोरीका बुबा उप्रेती छोरा केशव वैदेशिक रोजगारीको सिलसिलामा विदेसिएपछि श्रीमती पुष्पा र बुहारीका साथ बस्दै आएका थिए । नायिका उप्रेती अहिले अमेरिका बस्दै आएकी छिन् भने उनका अन्य दुई छोरी बिमला र गोमा रहेका छन् । रासस