Published On:Saturday, January 31, 2015
Posted by Unknown

एमाओवादीलाई १० अर्ब दिए संविधानसभा खुल्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादीलाई १० अर्ब दिए संविधान बन्ने र उसले आन्दोलन पनि नगर्ने दाबी गरेका छन्।
एमाले पार्टी मुख्यालय बल्खुमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, 'व्यवस्थापिका संसद रोकिएको थियो, त्यो खोल्न २ अर्ब ३ करोड दिन्छु भनेर कागज गरेपछि खुल्यो।’ उनले अघि थपे-‘५ देखि १० अर्ब दिन्छु भने संविधानसभा चल्छ, बाहिर उफ्रन बन्द हुन्छ।’
'राजनीति होइन, तमासा हो, संविधान बनाउने होइन, बनाउने भए नबनाउनेसँग बाहिर तोडफोड किन मच्चाउने?' ओलीले भने,' एमाओवादीले संविधान बनाउन नचाहेको र राजनीतिका नाममा तमासा गरिरहेको छ,' @setopati

0 comments for "एमाओवादीलाई १० अर्ब दिए संविधानसभा खुल्छ : ओली"

Leave a reply

    Popular Posts

    Blog Archive