Published On:Saturday, January 24, 2015
Posted by dadad
सभामुखले भने,‘जस्तो सुकै परिणाम आओस्,प्रक्रिया आजै थाल्छु’

सभाध्यक्षले सोझै प्रस्ताव निर्णयार्थ
प्रस्तुत गर्ने कुरा नियमविपरित हुने भएकाले सहमतिका लागि १० दिनसम्म
संविधानसभा बैठक स्थगित गर्न एमाओवादी अध्यक्ष प्रचण्डसहितका विपक्षी
नेताहरुले शनिबार सिंहदरबारस्थित कार्यकक्षमा भेटेरै अध्यक्ष नेम्वाङलाई
आग्रह गरेका थिए ।
‘बरु समिति घोषणा भए पनि समितिको अध्यक्ष चुन्ने त्यसको पहिलो बैठक दलहरुबीच सहमतिको वातावरण निर्माणका लागि दुई चार दिनपछि बोलाउँला तर मैले प्रस्तावलाई निष्कर्षमा पुर्याउने गरी अघि बढ्छु भनिसकेको छु,’ आफ्नै कार्यकक्षमा मोर्चाको निर्णय अवगत गराउन आएका दाहालसहितका नेताहरुसँग नेम्वाङको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो,‘घोषणा गरिसकेँ,अब ब्याक हट्न सकिँदैन ,हटदिँन,त्यसैले संविधानसभा बैठकमा तपाईंहरुले अवरोध जारी राख्नु राम्रो हुँदैन ।’
आजको राजधानी दैनिकमा खबर छ ।