Published On:Saturday, January 31, 2015
Posted by Tekman Shakya

५ रुपैयाँ संंकलन अभियानबाट पुस्तकालय स्थापना

घनश्याम श्रेष्ठ,
माघ १७, काठमाडौँ । ५ रुपैयाँ संकलन अभियानको १४ औं कार्यक्रम अन्तर्गत बाग्लुङ जिल्लाको मुन्द्री देब निम्न माध्यमिक बिद्यालयमा एक विशेष कार्यक्रम गरि पुस्तकालय स्थापना गरिएको छ । 

सामाजिक सन्जाल टुइटर प्रयोगकर्ताहरु बाट संकलन भएको नयाँ तथा पुराना विभिन्न स्तरका करिब २ हजार पुस्तक सहित त्यहाँ पुस्तकालय स्थापना गरिएको छ ।

कार्यक्रममा विद्यार्थी ,अभिभावक ,शिक्षक ,बुद्धिजीवी गरि करिब ३०० जना सहभागी थिए । 

बिद्यालय र स्थानीयहरु पुस्तकालय निर्माण कार्यबाट उत्साहित हुँदै रु ५ संकलन अभियानलार्इ स्कुलका प्राध्यापकले हार्दिक धन्यवाद व्यक्त गर्दै रु ५ अभियन्ता भरत सापकोटा लार्इ सम्मान पनि गरेका थिए ।

 कार्यक्रममा प्राध्यापकले अबका दिनमा पुस्तकालय प्रभाबकारी रूपमा संचालन हुने  जानकारी दिए । 

कार्यक्रम भब्य र सभ्य रुपले सम्पन्न भएको हामीलाई रु ५ अभियन्ता भरत सापकोटाले जानकारी दिए ।

0 comments for "५ रुपैयाँ संंकलन अभियानबाट पुस्तकालय स्थापना"

Leave a reply

    Popular Posts

    Blog Archive