Published On:Saturday, January 24, 2015
Posted by dadad

नेशनल ट्रेडिङको कार्यालयबाट ग्याँस वितरण सुरु

११ माघ, काठमाडौ । बजारमा ग्यासको कृत्रिम अभाव बढेपछि सरकार आफैले ग्यासको विक्रि गर्न थालेको छ ।

ग्यासको आपूति बढे पनि उपभोक्ताले सहज रुपमा प्राप्त गर्न नसकेपछि सरकार आफैले ग्यास विक्रि सुरु गरेको हो ।

सरकारले आईतबारदेखि एलपी ग्यास उद्योेग संघको सहयोगमा नेसनल टे«डिङ लिमिटेडले टेकुस्थित केन्द्रीय कार्यालयबाट ग्यास वितरण गरेको संघका अध्यक्ष शिव घिमिरेले जानकारी दिए ।

रामशाहपथ र टेकु गरी दुई ठाउँमा डिपो सञ्चालन गर्ने भनिए पनि तत्कालका लागि ट्रेडिङको केन्द्रीय कार्यालय टेकुबाट मात्र वितरण गरिने छ ।

मुलुकभरि ५५ ग्यास उद्योग रहेकोमा उपत्यकामा मात्रै करिब २० वटा ग्यास उद्योगहरु रहेका छन् । सुलभ पसलमा करिब २० वटा कम्पनीको ग्यास बिक्रि हुने संघले जनाएको छ । 

पसलमा कोसी, सगर, एभरेस्ट, ओम, राजधानी, लोकप्रिय, नेपाल लगायतका ग्यासहरु राखिने जनाएको छ । पसलबाट उपभोक्तालाई धेरै राहत मिल्ने निगमले दाबी गरेको छ ।

0 comments for "नेशनल ट्रेडिङको कार्यालयबाट ग्याँस वितरण सुरु"

Leave a reply

    Popular Posts

    Blog Archive